ओमप्रकाश गुप्ता
लमही २७ माघ । लमही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १३ औ साधारण सभा शनिवार लमही संम्पन्न भएको छ । संस्थाका अध्यक्ष काशीराम डाँगीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सभामा बार्षिक प्रतिवेदन सस्थाका सचिब ठाकुर प्रसाद भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जंगबहादुर चौधरीलेले प्रस्तुत गरेका थिए । सभामा प्रमुख अतिथि चौधरीले सम्बोधन गर्दै सस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन् । त्यसै गरि २०७५ बैशाख सम्ममा १ हजार छानाका घरहरुलाई विस्थापित गरि कर्कट पाता लगाउने महत्वकांक्षा योजना अघि सार्दै ५ बर्ष भित्र प्रदेशका सम्पूर्ण घरहरुलाई फुसको छाना मुक्त पार्ने बताए । कार्यक्रममा प्रदेश सदस्य रेवतीरमण शर्मा ,देउखुरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ताराप्रसाद खनाल , नेपाली कांग्रेसका रेशम खडका , नेकपा माओवादीका दिलकुमार श्रेष्ठ , राजमोका बसन्तराज पौडेल , सस्थाका पूर्व अध्यक्ष बिमबहादुर केसी , कर्ण बहादुर बुढाथोकी , लमही नगर विकाश समितिका अध्यक्ष घनश्याम सुबेदी लगायतका व्यक्ताहरुले बोलेका थिए । संस्थाका उपाध्यक्ष कुमार घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रमको संचालन सचिब ठाकुर भण्डारीले गरेका थिए ।
Views: 0