घोराही, फागुन १ ।
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४का अवसरमा आउने सवारी साधनको निशुल्क पार्कीङको व्यवस्था गरिएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।
महोत्सवको अवलोकनका लागी आउने व्यक्तीहरुको सवारी साधनका लागी कर्मचारी मीलनकेन्द«को कमपाउन्ड , जेशीजको कमपाउन्ड मा निशुल्क पार्कीङको व्यवस्था दाङ उद्योग वाणीज्यसंघले गरेको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक एव महासचीव नरेश कार्कीले जानकारी दिनुभएको छ।
पार्कीङ व्यवस्थापनका लागी १६ जना स्वंयसेवक खटाइने र आ आफनो सवारी साधनको जवाफदेहीता आ आफै हुन पनी महोत्सव मुलआयोजक समीतीले आग्रह गरेको छ। यसअघि पार्कीङ ससुल्क हुने गरि परियार सेवा समाजले जिम्मा लिएको थियो । समाजले काम गर्न नसक्ने भन्दै मुलआयोजक समीतीमा लीखीत पत्र पठाएपछी पार्कीङ व्यवस्थापनको जिम्मा स्वंय दाङ उद्योग वाणीज्य संघले लिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।
फाल्गुन ३ गते देखी उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ आउन अव दुइदिन मात्र वाँकी छ। महोत्सवको उदघाटन उपराष्ट्रपती नन्द वहादुर पुनले विहान ११ वजे गर्ने महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोत्सव फाल्गुन १३ गतेसम्म चल्ने मुलआयोजक समीतीले जनाएको छ
Views: 0