पार्टी एकताको विषय भोलि टुंगिन्छ : प्रचण्ड

२०७४ फाल्गुन १, मंगलवार १५:१७ गते २०७४ फाल्गुन १, मंगलवार १५:१७ गते २०७४ फाल्गुन १, मंगलवार १५:१७ गते

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषय बुधबारसम्म टुङ्गो लाग्ने बताएका छन्।

चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताएका हुन्। पद बाँडफाँडका विषयमा पनि भोलिसम्म टुंगो लाग्ने विश्वास उनले व्यक्त गरे।

भरतपुर महानगरपालिका-९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलो चाँडो आफू प्रधानमन्त्री बन्ने बताए।

चितवनबाट फर्किएपछि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेका छन्। ललितपुर मानभवनस्थित एक व्यापारीको घरमा दुई अध्यक्षबीच झन्डै आधा घन्टा भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा दुई अध्यक्षबीच हिजो भएकै सहमतिमा थप छलफल भएको बताए। ‘बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने कुरा भएको छ,’ संयोजन समितिका सदस्यसमेत रहेका नेता श्रेष्ठले भने। उनका अनुसार समितिको बैठक भोलि २ बजेका लागि बोलाइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *