लमहीमा तीन दिने खाद्यमेला सुरु

२०७४ फाल्गुन ४, शुक्रबार १३:४९ गते २०७४ फाल्गुन ४, शुक्रबार १३:४९ गते २०७४ फाल्गुन ४, शुक्रबार १३:४९ गते

ओमप्रकाश गुप्ता
लमही ४ फागुन । हामीले दैनिक जीवनमा उपभोग गर्दै आइरहेका खाद्य सामाग्रीको गुणस्तरको विषयमा स्वयम् हामी नै अनविज्ञ छौ । कुन खाद्य वस्तुमा कति, कुन प्रकारको भिटामिन पाइन्छ, भन्ने जानकारी नहुंँदा उपभोक्ताले सन्तुलीत आहारा पाउन सक्दैन । यसै कुरा लाई मध्यनजर गर्दै नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्तालाई खाद्यवस्तुको वारेमा खाद्यमेला मार्फत जानकारी दिन थालेको छ । खाद्यमेला मार्फत उपभोग्य खाद्य वस्तुको प्रर्दशनी गरेर उपभोक्तालाई खाद्य वस्तुको वारेमा जानकारी दिने गरिएको छ । नेपालका अधिकाश स्थानमा कोदो, फापर, जौं लगायतका परम्परागत खाद्यवस्तु सहजै पाइदैन । यी यस्तै परम्परागत खाद्यवस्तु नै मानव शरीरको लागि पौष्टिक तत्वयुक्त हुन्छ । देउखुरी उद्योग वाणिज्य संघको सहकार्यमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंञ्जको आयोजनामा मध्यपश्चिम स्तरीय खाद्य मेलाको आयोजना गरीएको छ । मेलामा ६० वटा स्टल राखिएको छ । सबै स्टरहरुमा परम्परागत खाद्य सामाग्री र खाद्य परिकार मात्रै पाइन्छ । यही फागुन ४,५ र ६ गते सम्म चल्ने खाद्य मेलामा स्थानीय खाद्य वस्तुलाई विशेष महत्वका साथ स्थान दिइएको छ । खाद्यमेलाको शुक्रवार उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठले दाङमा खाद्य वस्तुको मापन गर्ने प्रविधी,प्राविधिक र कार्यालय नहुंदा उपभोक्ता र स्वयम् आफैले खादै आएका खाद्य समाग्री गुणस्तरतामा ध्यान नपुगेको बताए । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले असल खाद्यवस्तु खानेवानीको विकास गर्न आग्रह गरे । प्याकिङ भएका खाद्यवस्तु बासी खाद्यवस्तु र प्रशोधन हुने खाद्यवस्तु भन्दा स्थानीय खाद्य वस्तुमा जोड दिन उनको आग्रह छ । यसै गरी पाँच नम्बर प्रदेशसभाका सदस्य रेवतिरमण शर्माले परम्परागत खाद्य वस्तुलाई खानपानमा ध्यान दिन स्थानीय उत्पादन पोत्सान हुने गरी आफूहरुले योजना ल्याउने बताए । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका निर्देशक सञ्जिवकुमार कर्णको अध्यक्षता,प्रतिनिधीसभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन भएको हो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले स्थानीय र परम्परागत खाद्यवस्तु दाङको हकमा थारु समुदाय रहेको चर्चा गर्दै परम्परागत खाद्यवस्तुको महत्वको वारेमा सबैले जानकारी पाउन आवश्यक रहेको वताए । कार्यक्रको सहजीकरण गायक कमल विके ‘निर्मोही’ले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *