कम्मल पाएपछि बाढी पिडित र जेष्ठ नागरिक खुसी

२०७४ फाल्गुन ४, शुक्रबार १३:५५ गते २०७४ फाल्गुन ४, शुक्रबार १३:५५ गते २०७४ फाल्गुन ४, शुक्रबार १३:५५ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ ४ फागुन । राप्ती गाउँपालिका ५ पहरुवाका प्रदेशी चौधरी कम्मल पाए पछि निकै खुसी भएका छन् । जाडोबाट बच्न न्यानो सिरक डसना नभएका बेला कम्मल पाएपछि उनी खुसी भएका हुन् । दाङ देउखुरी सेवा समाज दोहा कतारले सो कम्मल वितरण गरे पछि उनी खुसी भएका हुन् । प्रत्येक वर्ष उनी बाढीबाट पिडित हुदै आएका छन् । दोलाई खोलाको बाढीले वर्षेनी उनको घर डुवानमा पर्ने गरेको छ । वर्षेनी घरमा क्षेती पुग्ने गरेको छ । कम्मल पाए पछि उनले आयोजकलाई धन्यवाद मात्र दिएनन् । यस्तै सहयोगको अपेक्षा पनि गरे । यस्तै उमेरले ६० वर्ष पार गरेका भुल्केका जेष्ठ नागरिकहरु पनि निशुल्क कम्मल पाएपछि खुसी भएका छन् । ओढ्ने विस्तारा थिएन जाँडोमा कड्याङग्रिएर सुत्नु पथ्र्यो अव धेरै राहत महसुस भएको छ । बालाराम घर्तीले भने, घर्ती जस्तै तनलाल उचहीमगर पनि निकै खुसी छन् । यस्ता सहयोग निरन्तरको अपेक्षामा भुल्केका जेष्ठ नागरिकहरु रहेका छन् । दाङ देउखुरी सेवा समाज दोहा कतारले देउखुरीको राप्ती गाउँपालिका ५ लठ्ठहवा र पहरुवाका २ घरका बाढी पिडित र भुल्केका १५ घर परिवारका जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । संस्थाले पटक पटकको बाढीले पिडित भएका बाढी पिडित र जेष्ठ नागरिकलाई लक्षित गरी कम्मल वितरण गरेको हो ।संस्थाले कुल २० हजार ४ सय बराबरको १७ थान कम्मल १७ जनालाई वितरण गरेको हो । कार्यक्रममा दाङ देउखुरी सेवा समाज दाहा कतारका केन्द्रिय सदस्य देवा अधिकारी, प्रमुख सल्लाहकार सुर्य सुवेदी, राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, सचिव गरिवु चौधरी, समाजसेवी तथा बुद्धिजिवी कुलबहादुर बुढामगर, पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *