घोराही, फागुन ४
उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को दोस्रो दिन आज २६ लाखको कारोवार भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।
उद्योग वाणीज्य संघका कोषाध्यक्ष शुशील पोख्रेलले दिएको जानकारी अनुसार महोत्सवमा आज मात्रै २६ लाखको कारोवार भएको छ भने १० हजार टीकट विक्री भएको छ।
दाङ उद्योग वाणीज्यसंघको आयोजनामा दाङको घोराहीमा आयोजीत महोत्वमा ५ लाख दर्शकलाइ अवलोकन गराउने र करिव २० करोड वरावरको आर्थीक कारोवार हुने महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ। । महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ। यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।
उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। यसैगरी महोत्सवका अवसरमा हेलीकप्टर मार्फत विभीन्न स्थानको अवलाकोनका लागी सुल्क पनी निर्धारण गरिएको छ।
जसअनुसार घोराही वजार को अवलोकनका लागी चार हजार ५ सय , दाङ उपत्यकाको अवलोकनका लागी ७ हजार ५ सय, स्र्वगद्धारी दर्शन १० हजार, ५ सय, रुकुमको स्यार्पुतालको अवलोकनका लागी २४ हजार , रारा ताल अवलोकन ५० हजार , हेलीकप्टर चार्टरका लागी १ लाख ९५ हजार रुपैया सुल्क निर्धारण गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।
Views: 0