दाङ ४ फाल्गुन
लागुऔषध चरेस सहित दाङमा २ जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१७ चौघेराबाट चरेससहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लागुऔषध चरेस कारोबार तथा बिक्रिबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र दाङबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले चौघेरास्थित सुमित्रा शर्माको घरबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार शर्माको घरमा कोठा भाडामा लिई बस्ने रोल्पा थवाङ गाउँपालिका–४ रोल्पा बस्ने वर्ष २८ का मुलमान रोका मगर र रुकुमको भुमे गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १८ का जल्को बुढा मगरलाई लागु औषध चरेश कारोवार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
सेतो प्लाष्टिकमा पोको पारेको अवस्थामा ३५ केजी चरेश, तौलनका लागि प्रयोग गर्ने तराजु र ढक १÷१ थान समेत फेला पारि बरामद गरी उनीहरुलाई मुद्दा चलाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
Views: 0