ओमप्रकाश गुप्ता
सिसहनियाँ ६ फागुन । शिक्षा क्षेत्रको पहिलो पाठशाला अभिभावक भएको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बताएका छन् । दिपज्योती माध्यमिक विद्यालय सिसहनियाँको आइतवार भएको २३ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य चौधरीले आफना बालबच्चालाई असल बनाउने पहिलो जिम्मेवारी आमा बाबु र त्यस पछि दोस्रो जिम्मेवारी विद्यालय भएको बताएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले शिक्षा दिने संस्थागत विद्यालय वा सामुदायीक विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । पछिल्लो समय यता सामुदायिक र निजी विद्यालय बिच हुदै आएको विभेदको अन्त्य गर्दै अव गाउँपालिकाले दुवै किसिमका विद्यालयलाई समान व्यवहार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उनले आजका बालबालिका देशका सम्वाहक भएकाले शिक्षा दिन र अनुशासित बनाउन अभिभावक,शिक्षक सदैव क्रियाशिल हुनु पर्ने बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष महेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन विद्यालयका प्रिन्सिपल पुस्करदेव चौधरीले प्रस्तुत गरेका थिए । बार्षिकउत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार, अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वार्ड नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खाती, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, पत्रकार राधेश्याम गुप्ता, अभिभावक सिता पौडेल, देव प्रसाद चौधरी र विद्यार्थीहरु आयुष अधिकारी, लक्ष्मण पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक श्रीधर अधिकारीले गरेका थिए ।
Views: 0