बन्दको मौका छोपि मोबाइल पसलमा चोरी नक्कली नोट सहित चार बालक पक्राउ

२०७४ फाल्गुन ८, मंगलवार ०४:१३ गते २०७४ फाल्गुन ८, मंगलवार ०४:१३ गते २०७४ फाल्गुन ८, मंगलवार ०४:१३ गते

दिपक वली
फाल्गुन ८ घोराही
घोराही मिलनचोक स्थित द थापा मोबाइल सेन्टरमा चोरी भएको छ । नरेश थापाले संचालन गरेको उक्त पसलबाट गए राति पसलको ताला फोडि करीब २ लाख बराबरको मोबाइल तथा एसेसोरीजका सामानहरु चोरी भएको संचालक नरेश थापाले बताउनुभयो ।

चोरी भए लगतै प्रहरी सहायक निरीक्षक मान बहादुर महराको नेतृक्त्वमा गएको प्रहरी टोलिले नक्कली नोट सहित चोरी गरीएका मोबाइलको साथमा ४ जना बालकहरुलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट २००० का ८ वटा ५०० का ३ वटा २०० का २ वटा र५० को १ वटा गरी जम्मा १४ वटा नक्कली नोट , सामसुङको मोबाइल ३ थान ,जिओनि १ थान ,कलर्स २ थान ,लाभा १ थान ,र लेनेभो १ थान गरी जम्मा ८ थान मोबाइल र अन्य एसोसिरीजका सामाहरु बरामत गरेको छ ।

रोल्पा घर भइ हाल नँया बसपार्क बस्ने बर्ष १३ को आकाश घर्ति , भालुबाङ घर भइ हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को लक्ष्मन बिक ,रोल्पा घर भई हाल नँया बसपार्क बस्ने बर्ष १२ को नाराएण चन्द र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को प्रमिसन बुढा लाई पक्राउ गरीएको प्रहरी सहाएक निरीक्षक मान बहादुर महराले जानकारी दिनुभयो ।

उनिहरुलाई सोधपुज गरी परीवार खोजेर जिम्मा लगाउने दाङ जिल्ला प्रहरी प्रमुख एस पि दुर्गा सिंह चन्दले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *