प्रजातन्त्र दिवसमा सरसफाई

२०७४ फाल्गुन ८, मंगलवार ०७:१८ गते २०७४ फाल्गुन ८, मंगलवार ०७:१८ गते २०७४ फाल्गुन ८, मंगलवार ०७:१८ गते

ओमप्रकाश गुप्ता
देउखुरी ८ फागुन । ६८ औ प्रजातन्त्र दिवसको अवसरमा सोमवार राप्ती गाउँपालिकाको कार्यालय परिसर सरसफाई गरिएको छ । राप्ती गाउँपालिकाको आयोजनामा कार्यालय परिसरको सरसफाइ गरिएको हो । कुहीने र नकुहिने फोहोर संकलन गरि फोहरलाई व्यवस्थापन गरिएको थियो । सरसफाई कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्वास्थ्य, सभ्यता र वातावरणसंग जोडिएको सरसफाई कायम गर्न समुदायको महत्वपूर्ण भूमीका रहने बताए । उनले वातावरणलाई अझै सुन्दर बनाउन सार्वजनिक स्थलको सरसफाईमा जुट्न आग्रह गरेका छन् । सरसफाई कार्यक्रममा गाउँपालिकाकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, राजनितिकदल,सञ्चारकर्मी, संघ संस्थाका प्रमुख, प्रहरी लगायतको सहभागीता रहेको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सरसफाई उद्घाटन कार्यक्रममा नेकपा एमाले राप्ती गाउँपालिकाका अध्यक्ष किरण भण्डारी, नेपाली काग्रेस राप्ती गाउँपालिकाका सभापती दुर्योधन पाण्डे, माओवादी केन्द्रका राप्ती गाउँपालिकाका अध्यक्ष धर्मराज अधिकारी, राजमो राप्ती गाउँपालिकाका अध्यक्ष रमेशमान गुरुङ,साविक लालमटिया गाविसका पुर्व अध्यक्ष दोर्ण भुसाल, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, मावि मौरीघाटका प्रअ सिता रिजाल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष हरि भुसाल, ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कँडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष जगदम्बा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रशासन शाखा प्रमुख रेशमराज अधिकारीले गरेका थिए । वि.सं. २००७ फागुन ७ गते जहानिया राणा शासनको स्थापना भई प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइदै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *