कसैसंग एक रुपैंया नलिएको पत्रकार आचार्यको स्पष्टोउक्ति

२०७४ फाल्गुन १०, बिहीबार १५:२३ गते २०७४ फाल्गुन १०, बिहीबार १५:२३ गते २०७४ फाल्गुन १०, बिहीबार १५:२३ गते

दाग १० फागुन । पत्रकार गणेश आचार्यले आफुले रकमका लागि कसैसंग बार्गेनिङ नगरेको तथा कसैसंग एक रुपैंयापनि नलिएको बताएका छन् । विहीवार एक विज्ञप्ति प्रकासित गर्दै उनले आफुसंधै पत्रकारिताको मुल्य र मान्यताप्रति प्रतिवद्ध रहेको तथा भविस्यमा पत्रकारिताको धर्म विपरित नजाने स्पष्ट पारेका छन् । आफुले बार्गेनिङ गरेको तथा ६० हजार पैंशा लगेको भन्ने सम्धित पक्षको आरोप आधारहिन र कलोकल्पित भएको आचार्यले उल्लेख गरेका छन् । ‘ मेरो बदनाम गर्ने उदेश्यले प्रमाण विहीन र कपोकल्पित विज्ञप्ति निकालिएको छ।’
उनले विज्ञप्तिमा भनेका छन् ‘जुन निर्माण सेवाले मलाई त्यस्तो आरोप लगाएको छ, उसलाई म प्रमाण देखाउन चुनौति दिदै कानुनी उपचारका लागि अदालत जाने बेहोरा जानकारी गराउँदछु।’
मामा भाञ्जा सेवाका नाममा आफ्नो नाम जोडेर आएको विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सत्यतथ्य छानबिन गरी आफुलाई समाजिक न्याय दिन सरोकारवालाहरु संग आग्रह गरेका छन् ।
साथै उनले भइरहेको अवैध उत्खननका विरुद्ध आफुले रेडियोमा रिपोर्ट प्रशारण गरेको र त्यसपछि त्यो उत्खनन् बन्द भएपछि त्यही आक्रोसमा आफ्नो चरित्र हत्या गर्न उनीहरुले दुस्प्रयास गरेको उल्लेख गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *