दाङ, फागुन १२ ।
शान्तिपूर्ण कार्यक्रममा राज्यले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय घोषित कार्यक्रम अनुसार शनिबार दाङका विभिन्न ठाउँमा प्रदर्शनसहित कोण सभा कार्यक्रम सम्पन्न भएका छन् ।
जिल्लाको नारायणपुर, पर्सेनी, शान्तिनगर र मौरीघाटमा प्रदर्शनसहित कोणसभा कार्यक्रम सम्पन्न भएको हो । कोणसभामा बोल्ने वक्ताहरुले फागुन ६ गते विराटनगरमा युवाहरुको सम्मेलनमा राज्यले हस्तक्षेप गरी विनाकारण गिरफ्तार गरेको भन्दै त्यसको प्रतिकारमा आफ्ना कार्यक्रमलाई सशक्त बनाउँदै लैजाने बताएका थिए । वक्ताहरुले पार्टीका स्थायी कमिटी सदस्य सुदर्शन र पिबिएम पदम राईलाई विना सर्त तुरुन्त रिहाई गर्न आग्रह गरेका छन् ।
तुलसीपुरको पर्सेनीमा भएको कार्यक्रममा योङ रेड फोर्सका जिल्ला अध्यक्ष विरेन्द्र विक, घाइते अपाङ्गबाट ईश्वरी पाण्डेले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मदन केसीले गर्नुभएको थियो । त्यस्तै नाराणपुरमा भएको कोणसभालाई दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य किसन विकले सम्बोधन गर्नुभएको थियो ।
उता देउखुरीको मौरीघाटमा भएको कोणसभालाई मगर मुक्तिमोर्चाका केन्द्रीय सदस्य भिम प्रकाश पुनले सम्बोधन गर्नुभएको छ । यस्तै शान्तिनगरको खिलतपुरमा भएको कार्यक्रममा बबई गाउँपालिकाका सेक्रेटरी निमबहादुर डाँगी र मनोज परियारले बोल्नुभएको थियो ।
Views: 0