दाङ महोत्सव–रामजि खाणको गितमा झुमे दङ्गालिहरु

२०७४ फाल्गुन १२, शनिबार १५:३६ गते २०७४ फाल्गुन १२, शनिबार १५:३६ गते २०७४ फाल्गुन १२, शनिबार १५:३६ गते

घोराही, फागुन १२ ।

प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को आज १० औ दिन महोत्सव अवलोकन गर्न आउनेहरुको अत्यधीक सहभागीता रहेको छ ।

आज मात्रै १ करोड ५ लाखको आर्थीक कारोवार र ३५ हजार बढिले महोत्सवको अवलोकन गरेका छन् ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को आज १० औ दिन महोत्सव अवलोकन गर्न आउनेहरुको अत्यधीक सहभागीता रहेको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।  फाल्गुन ३ गतेदेखी दाङ जिल्ला उद्योग वाणीज्यसंघको आयोजनामा संचालीत महोत्सवको १० औ दिन आज सनीवार परेकाले पनी महोत्सव अवलोकन गर्न आउनेहरुको संख्या अरुदिनको तुलनामा थामी नसक्नु भएको महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भ्ुसालले जानकारी दिनुभएको छ। महोत्सवमा आज वालवालीका , युवायुवती, जेष्ठ नागरीकदेखी लीएर कर्मचारीहरुको समेत अत्यधीक सहभागीता रहेको थियो। मञ्चमा आयोजीत सास्कृतीक कार्यक्रम हेर्ने र सुन्नेको सहभागीता जती थियो त्यतीनै सहभागीता महोत्सवमा कीनमेल गर्न आउनेहरुको पनी रहेको दाङ जिल्ला उद्योग वाणीज्यसंघका महासचीव नरेश कार्कीले जानकारी दिनुभएको छ।

आयोजकहरुले महोत्सव अवलोकन गर्न आउनेहरुको सहजताका लागी अरु समय आवात जावत गर्न वन्द गरिएको स्थानमा समेत आज आउजाउका लागी खुल्ला गरिएको छ। यसले गर्दा पनी महोत्सव अवलोकन गर्न आउनेहरुलाइ केही सहज भएको महासचीव कार्कीले जानकारी दिनुभएको छ। यसैविच आज महोत्सवमा आयोजीत विभीन्न सास्कृतिक प्रतीयोगीताका विजेताहरुलाइ पनी पुरस्कार प्रदान गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक टंक सिह वुढाथोकी ले जानकारी दिनुभएको छ। महोत्सवमा आज मात्रै १ करोड ५ लाखको आर्थीक कारोवार भएको आर्थीक व्यवस्थापन उपसमीतीका संयोजक एवं दाङ जिल्ला उद्योग वाणीज्यसंघका कोषाध्यक्ष शुशील पोख्रेलले जानकारी दिनुभएको छ। महोत्सवको १० औ दिन आज ३५ हजार वढीले महोत्सवको अवलोकन गरेको पनी पोख्रेलले जानकारी दिनुभएको छ।
दाङमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४मा स्वदेशी तथा स्थानीय उत्पादनप्रती अवलोकन गर्न आउनेहरुको मन तानेको छ। विशेष गरी स्थानीय उत्पादीत सामाग्रीहरु सावुन , सर्फ , मह , च्याउ लगाएतका उत्पादीत सामाग्रीका स्टहरुमा कीनमेल गर्नेहरुको अत्यधीक भिड लाग्ने गरेको छ।

स्थानीय तहमा लाग्ने यसप्रकारका महोत्सवहरुले आफुहरुको उत्पादनलाइ वजारीकरण गर्ने देखी लिएर पहीचान स्थापीत गर्न महत्वपुर्ण सहयोग पुर्याएको उद्यमीहरुको भनाइ छ।
यसैविच महोत्सव मा आज कलाकारहरु लेखनाथ भुसाल, रामजी खाँण , गजित विष्ट , देवेन्द« वस्नेत, प्रेम विवश घर्ती , प्रेम शर्मा , प्रेम प्रकाश वली , समीक्षा पौडेल, संझना भण्डारी, नमुना योगी र रेशमा पुन लगाएतका कलाकारहरुले आ आफनो सास्कृतिक प्रस्तुतीहरु राख्नु भएको थियो । महोत्सवको फाल्गुन १४ गते समापन गरिने महोत्सव मुलआयोजक समीतीले जनाएको छ। भोली महोत्सवमा टिका तारमी, खेम सेन्चुरी, पार्वती रावल, कविता वानीया, झन्कार मगर र कमले गाउले लगाएतका कलाकारहको प्रस्तुती रहने सास्कृतीक व्यवस्थापन उपमसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *