ओमप्रकाश गुप्ता
देउखुरी १४ फागुन । सडक दुर्घटनामा परि दाङमा एक जना शिक्षकको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ५४ वर्षीय नारायण शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय कुसुम बाँकेले जानकारी दिएको छ । गढवा स्थित मावि चइनपुरका शिक्षक शर्मा नेपाल शिक्षक महासंघ गढवाका अध्यक्ष पनि हुन् । शर्मा नेपालगञ्जतर्फ जाँदै गर्दा आइतबार बिहान १० बजेतिर आफैँले चलाएको रा १ प ७०१२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित पुलमा दुर्घटनाग्रस्त मोटरसाइलकसहित गम्भीर अवस्थामा फेला परेका शर्मालाई नेपालगञ्ज पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0