दिपक वली
फाल्गुन १४ दाङ
फाल्गुन १४ दाङ
घोराही कार्यालयकै मिलेमतोमा अबैध रुपमा अनुमति भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले २०७४ साल पुसको ३१ गते दाङ जिल्लाको देउखुरीमा ‘सोमईथान एल.एच. एकेडेमी’ एक वोर्डिङ स्कूललाई २०७१ देखि लागु हुने गरी कक्षा ७ सम्मको अनुमति प्रदान गरेको रहस्य खुलेको छ ।
विडम्बनाका साथ भन्नुपर्छ २०७४÷०९÷२१ मा दिएको उक्त अनुमति पत्र देखिए पनि मैनालीले जारी गरेको संस्थागत विद्यालय अध्यावधिक विवरण २०७३÷०७४ राष्ट्रिय स्तरको पत्रिका युगबोधमा २०७३ साल चैत्र २७ गते आईतबारका दिन उचानिम्बु श्रोतकेन्द्र अन्तरर्गत रहेको विवरण सोमईथान एल.एच. एकेडेमी’ कक्षा १ देखि ७ सम्म अनुमति भनि स्पष्ट रुपमा उल्लेख गरिएको भएपनि उक्त नामको विद्यालयको १ देखि ६ कक्षासम्मको अनुमति नै नभएको पाईन्छ । मैनालीले दिएको मिति २०७४÷०९÷२१ गतेको कक्षा ७ को अनुमति पत्रमा अनुमति कुन मितिमा र कहिले मागेको हो सो कुरा खुलाएका छैनन् । कुनै अर्को विद्यालय रही नाम परिवर्तन भई आएको हो की भन्नु पर्दा मैनालीले ठाउँ सारी तथा नाम परिवर्तन सम्बन्धि मिति २०७३ साल बैशाख २७ गते जारी गरिएको सूचना अनुरुप उक्त विद्यालयको बारेमा केही तथ्य फेला पर्दैन ।
२०७१ को अनुमति भन्दा मिति अचम्म सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक वेगम केसीेले जिशिअले २०७१ को निर्णय अनुसार भनि दिएको अनुमति सुन्दा अचम्म परेको बताउँछन् । त्यस स्कूलले वि.व्य.स. सम्म गठन नगरेको अनुगमन नभएको बताउँदै जिल्ला शिक्षा अधिकारी मैनालीले विद्यालय निरक्षकले दिएको स्थलगत निरीक्षण समेत शंका मानी आफै कतिपय ठाउँमा निरीक्षण गर्न पुगेको बताए । २०७१ को निर्णय हो भने ७१ मै कार्यान्वयन हुनुपथ्र्यो यसो हो भने अन्य स्कूलहरु माथी पूर्वाग्राही भएको कुरा घुमाउरो पाराले व्यक्त गरेको श्रोतले बताउँछ । श्रोत व्यक्तिलाई समेत छले जिशिअ यसैबीच उक्त विद्यालयलाई दिएको अनुमतिबारे खास के हो ? भनी राजपुर गाउँपालिकामा रहेका हालका श्रोत व्यक्ति रिपीरङ अधिकारीले सोधेको प्रश्नको जवाफ जिशिअले कहाँको निर्णय कार्यान्वयन गरेको छु । भन्ने रहेतापनि त्यसो भएको पाइदैन ।
जिशिअ मैनालीले १ देखि ६ सम्मको अनुमति सोमईथान एल. एच. एकेडेमीको नामबाट कसरी लागु भयो ? अर्को नाम दिने भने नाम परिवर्तन नहुँदै को–कोसंग के–के सल्लाह गर्नु भयो ? म त लास्टमा सही गर्ने मात्र हुँ । भनी उल्टो प्रश्न गरेको श्रोता बताउँछन् । “कागजात संकलनमा जिल्ला अध्यक्षको सहयोग मात्र” जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले अबैध तरिकाले उक्त स्कूललाई कक्षा ७ सम्मको अनुमति प्रदान गरिहाले पनि तत सम्वन्धि कागजात जिशिका नाममा नभएकोले कतै कसैले उजुर गरेको कागजात पनि फस्ने र स्कूल समेत कार्बाहीमा पर्ने २०६९÷०७१ को मिति चलानी नम्बर राखी अनुमति र नाम परिवर्तन सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराई आवेदन सम्वन्धि फाईल खंडा गर्नेमा सहयोगको माग एनप्याब्सन जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकी समक्ष गरिएको श्रोत बताउँछ ।
राप्ती दर्पण च्यानलबाट भागे जिशिअ—मैनाली राप्ती दर्पण च्यानल मिडियाले जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीलाई र एनप्याब्सन प्रदेश नं. ५ का सदस्य टोपेन्द खनाललाई गत मंगलबार स्टुडियोमा आमन्त्रण गरिएकोमा जि.शि.अ. मैनालीले एनप्याब्सन प्रदेश सदस्यलाई देख्ने बित्तिकै स्तरको बहाना बनाई अन्तरवार्ता नदिई बाहिरिए । निजले निजी विद्यालयका अनुमति प्राबधान ठाउँ सहित नाम परिवर्तन र अध्यावधिक २०७३÷०७४ मा गरेको अबैध प्रक्रिया चलखेल भएको प्रमाणित तवरले जवाफ दिन नसक्ने हुँदा स्टुडियोबाट बाहिरिएको प्रदेश सदस्य खनालको अन्तरवार्ताबाट फरार भएको पाइन्छ । पाएको अनुमति प्रक्रिया अबैध अनुमतिको मापदण्ड र प्रक्रियाको बारेमा सम्वन्धित स्कूलका प्रमाणपत्रको आधारमा स्कूलले पाएको अनुमति प्रक्रिया अबैध रहेका स्कूलका प्रमाण स्वरुप बताउँछ ।
स्रोतका अनुसार बेला–१ दाङमा बेला लिटिल हेमन्तको स्कूलले मिति २०६६ साल पुस २७ गते दिएको निवेदन अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेको भन्दै तत्कालीन निमित्त जिशिअ ऋषिराम रिजालले कक्षा १ देखि ५ कक्षा सम्मको अनुमति दिइएको थियो । अनुमति सम्बन्धि सम्बन्धित कागजात जिशिअमा नभएको तथ्याङ फेला नपरकोले सार्वजनिक गर्न सरकारवालाले माग गरेको तर अनुमति पत्रमा उल्लेख भए बमोजिम अनुमतिको बारेमा शिक्षा समितिबाट कुनै निर्णय नभएको भई र पछि स्कूलका तत्कालीन संञ्चालक समिति अध्यक्षले मिति २०६९÷०५÷३२ गते लिखित प्रतिवद्धता पछि फाईल खडा गरि कक्षा ६ को अनुमति लिएको पाईन्छ ।
पूर्व प्रा.वि.को सम्बन्धित निकायबाट समेत अनुमति नलिई चलाएको मिति २०७४÷१०÷७ गते राजपुरको वडा नं. २ को कार्यालय स्कूलमा प्रिन्सिपल तथा वि.व्य.स.अध्यक्ष सुध्नु भण्डारीको हस्ताक्षर रहेको आवेदनबाट पुष्टि हुन्छ । अहिले रमेशप्रसाद मैनालीले टेलिफोनमा गरिएको कुरा अनुसार व्यक्त रेट हाल कागजपत्र मिलाई आफै र स्कूल बेच्ने खालको गतिविधि चलखेलमा तिव्रता दिएको पाईए पनि उनकै भ्वाईस रेकर्ड संक्षिप्त रुपमा बाहिरीन थाले पछि निकै तनावमा रहेका श्रोतले बताउँछ ।



यस बिषयमा जानकारी लिन देउखुरी टुडे टिमले सोमबार र मंगलबार दिनभरि नै जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनाली संग सम्पर्क हुन सकेन । पटक—पटक फोन सम्पर्क गर्दा पनि फोन लाग्न नसकेपछि यस बिषयमा जिल्ला शिक्षा कार्यालय दाङको आधिकारी धारणा समावेश गर्न सकेनौं । त्यस्तै यस बिषयमा जानकारी लिन सम्बान्धित बिद्यालयका प्रधानध्यापकहरु संग पनि पटक—पटक टेलिफोन सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0