दाङमा ब्राउन सुगर सहित पक्राउ

२०७४ फाल्गुन १६, बुधबार १२:०९ गते २०७४ फाल्गुन १६, बुधबार १२:०९ गते २०७४ फाल्गुन १६, बुधबार १२:०९ गते

प्रदेश अनलाइन खबर

दाङ, १६ फागुन ।

दाङमा प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर उप महानगरपालीका ६ निवासी आकाश वलीलाई पक्राउ गरेको हो । अबैध लागु औषध बिक्रि बितरण ओसार पसार तथा सेबन गरेको भन्ने सुचनाका आधारमा २४ बर्षीय वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलीले पक्राउँ गरेको हो । वली ३ सय २० मिली ग्राम लागु औषध ब्राउन सुगर सहित फेला परारेको प्रहरीले जनाएको छ । तुलसीपुर उप महानगरपालीका वडा नं. १२ कप्रादेबी स्थित मनिराम चौधरीको घर लुकीछिपी बसेको अबस्थामा प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका वली माथी आबश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले वताउँनुभयो । यस्तै फेक फेसवुक आईडी वनाई सामाजिक संजालमा तथ्य हीन स्टाटस राखि अफवाह फैलाएको भन्दै अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं १ भम्के वस्ने वर्ष १८ को आकाश भण्डारीलाई पक्राउ गरेको हो । भण्डारी माथी पनि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *