सिरियामा मारिएका बालबालिकाको सम्झनामा लालमटियामा दिप प्रज्वलन

२०७४ फाल्गुन १७, बिहीबार १६:४० गते २०७४ फाल्गुन १७, बिहीबार १६:४० गते २०७४ फाल्गुन १७, बिहीबार १६:४० गते

ओमप्रकाश गुप्ता
देउखुरी १७ फागुन । सिरियामा मारिएका बालबालिकाहरुको सम्झनामा देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा विहिवार दिप प्रज्वलन गरिएको छ । ग्लोबल युथ क्लवले दिप प्रज्वलन गरेको हो ।
सिरियामा १ सय २१ भन्दा बढि मारिएका बालबालिकाहरुको सम्झनामा लालमटिया चोकमा दिप प्रज्वलन गरिएको हो । सिरियामा भईरहेका अमानविय गतिविधिलाई बन्द गरी नागरिक र बालबालिका बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न क्लवले आग्रह गरेको छ । दिप प्रज्वलन कार्यक्रममा युवाहरुले बालबालिकाहरुको बाच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिएको प्लेकार्ड बोकेका थिए ।
प्लेकार्डमा सिरिया माथिको दमन बन्द गर, बाच्ँन पाउने अधिकारको सुनिश्चित गर, बालबालिका माथिको कुनै पनि हिंसा सयै हुदैन, लगायतका नारा लेखिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *