ओमप्रकाश गुप्ता
देउखुरी १८ फागुन । होली पर्वको अवसरमा रेडियो राप्ती तथा राप्ती टेलिभिजनले शुभकामना आदान प्रदान गरी होली मनाएको छ । सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा होली पर्वलाई आपसी सदभाव र एकताका रुपमा मनाउनु पर्ने बताउका थिए । सो अवसरमा सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर कार्की, सचिव चन्द्रबहादुर जिसी, कोषाध्यक्ष त्रिभान बुढा, सदस्यहरु अरविन्द्र शर्मा घिमिरे, ऋषि पौडेल मधुसुदन पौडेल, समाचार प्रमुख ओमप्रकाश गुप्ता, प्राविधिक प्रमुख लोकमणी भुसाल, साहायक प्राविधिक विमल राना मगर, लेखा प्रमुख पार्वती गिरी, कार्यक्रम प्रस्तोताहरु विरेन्द्र गिरी, किरण जिसी, प्राविधिक बबिता अधिकारी लगायतका वक्ताहरुले शुभकानमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर तिर्थराज ज्ञवालीले गरेका थिए ।
Views: 0