राप्तीमा निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको अनुगमन

२०७४ फाल्गुन २०, आईतवार ०४:०१ गते २०७४ फाल्गुन २०, आईतवार ०४:०१ गते २०७४ फाल्गुन २०, आईतवार ०४:०१ गते
?

ओमप्रकाश गुप्ता
देउखुरी २० फागुन । राप्ती गाउँपालिकाका वार्ड न. १ र २ मा निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको शनिवार अनुगमन गरिएको छ । राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको स्वीकृत योजना मध्यको ३५ लाख वरावरको योजनाहरुको शनिवार अनुगमन गरिएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको संयोजकत्वमा योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा वार्ड न. १ को शान्तिपुर रिङरोड, आपखोली देखी बगासोती गाउँ जोड्ने वाटो, आपखोली टटवन्धन,मछिताल बाटो ग्राभेल, नव प्रतिभा विद्यालय ठुलोचौर रोड वार्ड न. २ को मुक्त कमैया बस्ती वाटो ग्राभेल, पानी बोरिङको अनुगमन गरिएको छ । अनुगमनको क्रममा निमार्ण सम्पन्न योजना र निर्माणाधिन योजनाहरुको गुणस्तरका वारेमा योजना निर्माण समितिका अध्यक्षहरु र स्थानिय नागरिक संग सोधपुछ गरिएको थियो ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष जगदम्वा चौधरी, वार्ड अध्यक्षहरु तारा डि.सि., जगत बहादुर थापा, चन्दर चौधरी, गोवर्धन रावत सदस्य स्यामलाल पोख्रेल, प्राविधिक सहायक विमला भट््राई, राप्ती गाउँपालिका संचार संयोजक तिर्थराज ज्ञवाली को सहभागीता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *