घोराही, फागुन २२
घोराही मुख्य सडकमा धुलो नियन्त्रणको माग गर्दै स्थानियले सडक अवरुद्ध पारेका छन । घोराहीको कटुवा खोला देखि तुलसीपुर चौक सम्म निर्माणधिन सडकमा धुलो नियन्त्रको माग गर्दै उनिहरुले विच सडकमा ह्ुवम पाइप राखी वाटो अवरुद्ध गरेका हुन । निर्माणाधिन सडकमा अध्याधिक धुलोका कारण स्वास्थ्यमा समस्या पर्न गएको भन्दै उनिहरुले सडक अवरुद्ध गरेका छन । धुलो नियन्त्रण गर्न माग गर्दै निर्माणाधिन विच सडकमा उनिहरु धर्नामा समेत वसेका छन ।
निर्माणाधिन सडकवाट दैनिक उत्पन्न धुलोले मानव स्वास्थ्यमा गम्भिर असर परेको, छेउछाउका पसमा राखिएका खाद्य सामग्री लगाएत अन्य सामाग्री काम नलाग्ने अवस्थामा भएको भन्दै आफुहरु वाध्य भएर तत्काल धुलो नियन्त्रण गर्न माग गरेर सडक अवरुद्ध पार्नुपरेको स्थानिय पौडेल वेकरीका सञ्चालक विष्णु पौडेलले बताएका छन् । उनिहरुले सडक निर्माण सम्पन्न नहुदा सम्म दैनिक सडकमा पानी छर्कन सम्वन्धित पक्ष संग माग गरेका छन । विगत ४ वर्ष देखि सडकको स्तर उन्नतीको निर्माण कार्य सुरु भए पनि अहिले सम्म सम्पन्न हुन सकेको छैन ।
Views: 0