विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा ३६ लाख ज्ञानोदयका लागि स्वीकृत

२०७४ फाल्गुन २२, मंगलवार १३:३५ गते २०७४ फाल्गुन २२, मंगलवार १३:३५ गते २०७४ फाल्गुन २२, मंगलवार १३:३५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २२ फागुन । देउखुरीको राप्ती गाउँपालिका—१ भालुबाङ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार अभिभावक, पत्रकार, शिक्षक र विद्यार्थीहरुको भिडभाड देखियो । भिडको बीचमा पुग्दा अभिभावकहरु विद्यालयको खुल्ला प्रांगणमै आरोपप्रत्यारोप गर्दै थिए । साना कक्षाका विद्यार्थीहरु कक्षाका झ्याल भित्रबाट प्राङगणमा भैरहेको चर्काचर्किलाई नियालीरहेका थिए, भने माथिल्लो कक्षाका विद्यार्थीहरु बाहिरबाटै रमिता हेर्दै थिए । पढाई बन्द थियो । शिक्षकहरु टोलाईरहेका थिए ।
विद्यालयको व्यवस्थापन समिति गठनको विषयलाई लिएर चर्केको बिवादका कारण पढाई प्रभावित मात्र हैन विद्यालय पनि धरासायी बन्दै गैरहेको छ । डेढ वर्षसम्म व्यवस्थापन समिति बिहिन रहेको विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट आउने ३६ लाख रुपैयाँका कारण अहिले विद्यालयको प्राङगण राजनीतिक रणभूमिको रुपमा परिणत भएको छ । पुरानो विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको २० महिना पछि बल्ल—तल्ल निर्माण गरीएको व्यवस्थापन समितिले समेत बैधानिकता प्राप्त गर्न सकेको छैन ।
के थियो त, बिवादको रहस्य ः
डेढ वर्ष पहिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् नरबहादुर केसी । समितिको कार्यकाल सकिएपछि २०७३ साल भदौमा नयाँ व्यवस्थापन समिति गठन गर्ने गरी ६ जनाको समिति बन्यो । त्यसमा थिए नरबहादुर केसी, तेजबहादुर पुन, गेमबहादुर खड्का, हेमराज रोका, जीवन गुप्ता र विसपुरा घर्ति । तर समितीले राजनैतिक रुपमा अध्यक्ष छनौट गर्न नसके पनि हेमराज रोका, जीवन गुप्ता र विसपुरा घर्तिले समितिबाट राजीनामा दिएपछि २० महिना सम्म विद्यालय समिति विहिन भएर चल्यो । जसबाट विद्यालयमा गर्न सकिने धेरै कामहरु प्रभावित भए ।
चालु आर्थिक वर्षका लागि विद्यालयमा चार कोठे भवन निर्माणका लागि विनियोजन भएको ३६ लाख रुपैयाँका कारण सबै दलहरु र सबै सरोकार राख्नेहरु जागे । गत पौषको अन्त्यमा आएर बजेटको बारेमा खुलासा गरेका प्रधानाध्यापक दिलबहादुर कुमालले गत फागुनको ११ गते मात्रै विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि भेला बोलाए । डेढ वर्ष देखिको विवाद एकै दिनमा मिल्ने कुरा थिएन, र मिलेन पनि । अध्यक्षका लागि नरबहादुर केसी, तेजबहादुर पुन र गेमबहादुर खड्काले रस्साकस्सी नै प¥यो ।
शिक्षक अभिभावक संघका संयोजकलाई लिएर जिल्ला शिक्षा कार्यालयमा पुगेका प्रधानाध्यापक कुमाललाई शिक्षा अधिकारी रमेश मैनालीले विद्यालय व्यवस्थापन समिति गठन गरेर तत्काल योजना सम्झौता गर्न आउन दवाव दिदै रित्तो हाल फर्काए । पुनः १९ गते फेरि समिति गठन गर्न बसेको भेलाबाट पनि समस्या समाधान नभएपछि अगुवा अभिभावकहरुको पहलबाट निर्वाचन गर्ने निर्णय ग¥यो । माईन्युटको फोटो खिचियो । केही अभिभावकहरु फर्किए ।
प्रतिष्पर्धा नगर्ने सोचका साथ राष्ट्रिय जनमोर्चा समर्थित नरबहादुर केसी र नेपाली काँग्रेस समर्थित तेजबहादुर पुनले एमाले समर्थित गेमबहादुर खड्कालाई अध्यक्ष बनाउने गरी त्यही दिन सहमति भयो । तर विद्यालयलाई कक्षा १२ सम्म लैजानु पर्ने अभिभावकहरुको मागलाई प्रतिबद्धता जनाउन नसकेका गेमबहादुर अन्तत ः मैदान छोडे र सर्वसहमतिमा नरबहादुर केसी पुन ः विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिए । समितिको सदस्यमा गेमबहादुर खड्का, तेजबहादुर पुन, गंगा गिरी, रेखा गुप्ता, विन्दु घिमिरे, पदेन सदस्यमा वडा अध्यक्ष ताराबहादुर डिसी, सदस्य सचिबमा दिलबहादुर कुमार र शिक्षिका सदस्यमा यशोदा पुन थिए । निर्वाचन गर्ने समिति जुटाएर फर्किएका अभिभावकहरुको हस्ताक्षण समेत रहेको उक्त माईन्युटको पाना च्यातेर सर्वसहमति लेखिएको बताईएको छ ।
विद्यालयमा राजनीतिक रस्साकस्सी ः
३६ लाख रुपैयाले विद्यालयमा भवन बनाउने मनोकाङक्षाका साथमा लामो विवादपछि निर्माण भएको विद्यालय व्यवस्थापन समितिले प्रक्रिया अगाडी बढाउन भने पाएन । समितिका अध्यक्ष नरबहादुर केसी सहितको समितिको टोली शिक्षा कार्यालयमा पुग्दा शिक्षा कार्यालयले फर्काईदियो ।
नयाँ विद्यालय व्यवस्थापन समिति सम्झौताका लागि शिक्षा कार्यालय पुग्नु अगाडी नै एमालेका टोपबहादुर झाँक्री, नेकपा माओबादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी र नयाँ शक्ति पार्टी नेपालका राप्ती गाउँपालिका इन्चार्ज होमप्रसाद शर्मा सहितका केही अभिभावकहरु पुगेर समिति अबैधानिक भएको भन्दै निबेदन दर्ता गराएका थिए । उनीहरुले निर्वाचन गराउने सहमतीको निर्णयलाई च्यातेर अबैध रुपमा समिति गठन गरेको भन्दै प्रेस विज्ञप्ती प्रकाशन गरेर समिति खारेज गर्न समेत माग गरेका छन् । स्थानीय अभिभावकहरुले भने विज्ञप्ती जारी गर्नेहरु विद्यालयको अभिभावक नभएको बताएका छन । तर विज्ञप्ती जारी गर्नेहरुमा बहुसख्या अभिभावक नै रहेको दाबी गरिएको छ ।
यसरी बाहिरियो ३६ लाख ः
दुई वर्षे योजनाको रुपमा स्वीकृत भएको चार कोठे भवन बनाउने योजना विद्यालयको लागि अति आबश्यक थियो । १८ लाख यसवर्ष र १८ लाख अर्को वर्ष खर्च गर्ने गरी स्वीकृत भएको योजना समयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा राप्ती गाउँपालिकाले सिफारिस गरेको २ नम्बरको विद्यालय मावि पत्थरगढवाको लागि स्वीकृत गरिएको शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिए ।
‘निर्देशिका अनुसार हामीले पहिलो ३० दिन र पछिल्लो १५ दिन गरेर ४५ दिन सम्म समय दिएका थियौँ । तर समयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेपछि गाउँपालिकाले २ नम्बरमा सिफारिस गरेको मावि पत्थरगढवामा सो कार्यक्रम स्वीकृत गरी पठाएका छौँ ।’ मैनालीले भने । ‘तर पहिलो नम्बरमा सिफारिस भएको विद्यालयले समयमा समिति गठन गर्न सकेन । निर्देशिकामा प्रधानध्यापक र समितिको अध्यक्षले सम्झौता गर्नुपर्ने प्राबधान छ ।’
विद्यालयमा आएको बजेट फिर्ता भएको पीडामा विद्यालयका सरोकारवालाहरु बीचमा आरोप प्रत्यारोप चल्दै आइरहेको छ । विद्यालयको विकासका लागि लामो समय देखि काम गर्दै आएका केही स्थानीयहरुले विद्यालयमा राजनीति घुसाउन नहुने बताउँदै विद्यालयको विकासका लागि बाहिरका मानिसहरुले विज्ञप्ती जारी गर्नु, हस्तक्षेप गर्नु नहुने बताएका छन् ।
पढाई प्रभावित ः
शान्त रुपमा अध्ययन गर्ने ठाउँमा दिनहुँ भैरहने झै—झगडाका कारण विद्यार्थीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको छ । विद्यार्थी आनन्द पुनले विद्यालयमा मुस्कीलले ३÷४ घण्टी मात्र पढाई हुने गरेको बताए । शिक्षकहरुले राम्रो संग नपढाउने गरेको, विद्यालय व्यवस्थापन समितिमा को—को हुने भन्ने विषयमा झै—झगडा हुने गरेको विद्यार्थी लिला पुनले पनि बताईन् । जसका कारण पढाई राम्रो नभएको विद्यार्थीहरुको भनाई छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *