ओमप्रकाश गुप्ता
देउखुरी २३ फागुन । देउखुरीको साविक लालमटिया गाविसको वडा नम्बर १ र ९ का नागरिकलाई औलो मलेरियावाट बचाउन किटनाशक युक्त झुल वितरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा ग्रामीण विकास आधार जनकपुरले साविक लालमटियाको सो वडाका नागरिकलाई औलो मलेरिया वाट बचाउन किटनाशक युक्त झुल वितरण गरिएको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विण्णुबहादुर घर्ती क्षेत्रीले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ३ र ४ को बसन्तापुर, नयाँगाउँ, पिपरखुट्टी औलोरोगको जोखीम युक्त गाउँ भएकोले जनस्वास्थ्थ कार्यालय दाङवाट सिफारिस गरिएका गाउँका नागरिकहरुलाई करिव २ हजार बढी किटनाशक युक्त झुल वितरण गरिएको ग्रामीण विकास आधार जनकपुरका प्रतिनिधि सुदिप मण्डलले जानकारी दिएका छन् । औलो रोग औलोको परजिवीबाट संक्रमित लामखुट्टेको टोकाईवाट मात्र सर्ने एक प्रकारको सरुवा रोग भएकोले नागरिकहरु लामखुट्टेको टोकाईबाट बच्न अति आवश्यक रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । गर्मी मौसमको आगमन संगै लामखुट्टेको बृद्घि हुने भएकाले लामखुट्टेको टोकाईवाट बच्न नागरिकहरुले झुल प्रयोग गरि सुत्नुपर्ने, घर आँगन सफा राख्नु पर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्ने आवश्यक रहेको स्वास्थ्य शाखा सह संयोजक न्यौपानेले जानकारी दिएका छन् ।
Views: 0