विविएतर्फ विश्वविद्यालय सर्वोत्कृष्ट दाङकी छात्रा लक्ष्मी

२०७४ फाल्गुन २४, बिहीबार १०:४५ गते २०७४ फाल्गुन २४, बिहीबार १०:४५ गते २०७४ फाल्गुन २४, बिहीबार १०:४५ गते

घो राही, फागुन २४  

भिक्टोरीया इन्टरनेशनल कलेज घोराहीमा अध्ययनरत छात्रा लक्ष्मी भट्टराई विविए कार्यक्रमतर्फ पो खरा विश्वविद्यालयबाट सबै भन्दा बढी उच्च अंक प्राप्त गरी नेपाल टप (विश्वविद्यालय प्रथम) हुन सफल भएकी छिन् ।
उक्त कलेजमा अध्ययनरत घो राही– १५ निवासी भट्टराइले  सन् २०१३–२०१७ ब्याचवाट विविए कार्यक्रमतर्फ ३.९९÷४ सिजीपिए प्राप्त गरी पो खरा विश्वविद्यालयबाट गो ल्ड मे डल प्राप्त गरे की हुन् । भट्टराईले आफुलाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने आमा, वुवासंगै कलेज परीवार, शिक्षक लगायत सबैमा धन्यवाद दिदै आउदा दिनमा आफुलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको बताइन् ।

उनले आफुले प्राप्त गरेको उपलब्धी यस क्षेत्रको शैक्षिक जगतकै महत्वपुर्ण सफलता भएकोसमेत बताइन् । कलेजका कार्यक्रम संयोजक के.वि चौधरी, प्रीन्सिपल नौल सिँह घर्र्ति मगर, एकेडेमि कोर्डिनेटर वामदेव भण्डारी, अध्यक्ष मानबहादुर बुढाले संयुक्तरुपमा आफ्नो ब्याचमा सबैभन्दा बढि अंक लिएर नेपाल टप(विश्वविद्यालय प्रथम) भएर कलेजको सान, इज्जत राख्न सफल भएकोमा कलेज परीवारकोतर्फवाट वधाई तथा शुभकामना दिनुका साथै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । पो खरा विश्वविद्यालयको  हालै  सम्पन्न १५ औ दिक्षान्त समारो हबाट दीक्षित भई उनले  उक्त पदक प्राप्त गरे का हुन् ।

त्यस्तै विश्वविद्यालयको १५ औँ दिक्षित समारोहमाफर्त डिन लिष्ट अवार्ड प्राप्त गर्ने उक्त कलेजमा अध्ययनरत मनिला श्रेष्ठ, रेखा घिमिरे, भावना केसि र केशव भण्डारी लगायत सम्पुर्ण दिक्षीत विद्यार्थिहरुलाई वधाई तथा शुभकामा कलेज परीवारले दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *