सुत्केरी महिलालाई पन्ध्र हजार सुत्केरी भत्ता उपलब्ध गराइने प्रतिनिधि सभा सदस्य – चौधरी

२०७४ फाल्गुन २४, बिहीबार १६:४६ गते २०७४ फाल्गुन २४, बिहीबार १६:४६ गते २०७४ फाल्गुन २४, बिहीबार १६:४६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २४ फागुन । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले सुत्केरी महिलाहरुलाई अव प्रति सुत्केरी १५ हजार सुत्केरी भत्ता उपलब्ध गराउने बताएका छन् । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरीको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा आर्थिक सहयोगमा १०८ औँ अन्तराष्टिय नारी दिवसको अवसरमा विहिवार देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । साथै उनले महिलाहरुको भवन निमार्णमा सक्दो सहयोग गर्ने र बैशाख १ गते बाट आफनो निर्वाचन क्षेत्रमा घरको छाना हटाइ टिन लगाउने अभियान चलाउने बताएका छन् । संस्थाका अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा अध्यक्षहरु ज्गतबहादुर थापा, चन्दर चौधरी, पत्रकार महेश रिजाल, पशुसेवा प्रमुख हेमराज आचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दिवसका अवसरमा हिसाव दौड, कुर्सी दौड र वक्तृत्वकला प्रतियोगिता भएको थियो । जस अनुसार हिसाव दौड प्रतियोगितामा लक्ष्मी महिला समुह खिनैटाका झगा कार्की प्रथम, हिमाल महिला समुह बराखुटीका शान्ता कुमाल दोस्रो र आमा मिलन महिला समुह पाखापानीका यमुना धितालले तेस्रो स्थान हासिल गरेका छन् । त्यसै गरी कुर्सी दौड प्रतियोगितामा दिपा केसी प्रथम, टिका चौधरी दोस्रो, कृष्णा चौधरी तेस्रो र अनुराधा चौधरी, शान्ति भुसालले सान्त्वना स्थान हासिल गरेका थिए । त्यसै गरी वक्तृत्वकला आमा मिलन महिला विकास समुहका कृष्णमाया मल्ल प्रथम, शान्ति महिला विकास समुहका अन्जु विष्ट दोस्रो, हिमाल महिला विकास समुहका गिता शर्मा मरासिनी तेस्रो, लक्ष्मी महिला विकास समुहका विन्दा आचार्य र लालीगुराँस महिला विकास समुहका उषा भण्डारी पोख्रेलले सान्त्वना स्थान हासिल गरेका थिए । संस्थाका उपाध्यक्ष पार्वती सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक परमेश्वरी ज्ञवालीले गरेका थिए । कार्यक्रम सुरु हुनु पुर्व विभिन्न नाराका साथ रेयाली निकालिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *