सिसहनियाँमा नारी दिवस मनाइयाे

२०७४ फाल्गुन २४, बिहीबार १६:५५ गते २०७४ फाल्गुन २४, बिहीबार १६:५५ गते २०७४ फाल्गुन २४, बिहीबार १६:५५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २४ फागुन । देउखुरीको सर्वोदय मावि सिसहनियाामा आज १०८ औँ अन्तराष्टिय नारी दिवस मनाइएको छ । लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरीको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाहरुको जिवन स्तर रुपान्तरण भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । संस्थाका उपाध्यक्ष रम्भा चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा चौधरी, महिला सदस्य शान्ति चौधरी, पत्रकार जमिर शाह, देउकी कृषि सहकारी संस्थाका उपाध्यक्ष कमला रेग्मी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दिवसका अवसरमा चक्लेट दौड, सियोधागो, वक्तृत्वकला र नृत्य प्रतियोगिता भएको थियो । जस अनुसार चक्लेट दौड प्रतियोगितामा ग्रिन महिला समुह पत्थरगढवाका रामपती चौधरी प्रथम, मिलन महिला समुह लठठ्हवाका रिमा चौधरी दोस्रो र सरस्वती महिला समुहका माया चौधरीले तेस्रो स्थान हासिल गरेका छन् । त्यसै गरी सियोधाँगो दौड प्रतियोगितामा जनज्योती महिला समुह पहरुवाका सिता चौधरी प्रथम, जुनकिरण महिला समुह भगवानपुरका उर्मिला चौधरी दोस्रो र जुनकिरण महिला समुह बगरापुरका मनिषा चौधरीले तेस्रो स्थान हासिल गरेका थिए । त्यसैगरी नृत्य प्रतियोगितामा मिलन महिला समुह लठ्ठहवा प्रथम, सुर्यज्योतीबाल क्लव पिपरी दोस्रो, सर्वोदय मावि सिसहनियाँ तेस्रो र करुणा जिवा समुहले सान्त्वना स्थान हासिल गरेका थिए । संस्थाका लेखा समितिका संयोजक दमाइन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य बसन्ती चौधरीले गरेका थिए । कार्यक्रम सुरु हुनु पुर्व विभिन्न नारा लगाई सिसहनियाँ बजार परिक्रम गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *