राप्ती गाउँपालिकाको चार वटा विद्यालयमा विदाई कार्यक्रम

२०७४ फाल्गुन २५, शुक्रबार १४:४८ गते २०७४ फाल्गुन २५, शुक्रबार १४:४८ गते २०७४ फाल्गुन २५, शुक्रबार १४:४८ गते

ओमप्रकाश गुप्ता
देउखुरी २५ फागुन । देउखुरीको लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत वि.वि.एस चौथो वर्षका विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थी युनियनले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति अशोक बेल्वासेको अध्यक्षता एवम् क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजकले वि.वि.एस चौथो वर्षका विद्यार्थीहरुलाई फुलमाला,टिका र मायाको चिनो प्रदान गरी विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले विदाइ भएर जान लागेका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै गुरुहरुले देखाएको बाटोमा लाग्न सुझाव दिएका थिए । विद्यार्थी कृष्णा कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पसका प्रध्यापक रमेश कँडेल, प्रताप चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, पत्रकार जमिर शाहा र विद्यार्थी सुमित्रा थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वभियु सचिव भुपाल थापा मगरले गरेका थिए ।
आदर्श माविमा विदाई
देउखुरीको लालमटिया स्थित आदर्श नमुना मावि लालमटियामा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले शुक्रवार एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन् । कक्षा ९ का विद्यार्थी सृष्टि पुरीको अध्यक्षता एवम् विद्यालयका प्रअ बालाराम ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले फुलमाला,टिका र मायाको चिनो प्रदान गरी कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका हुन् । विद्यार्थी चन्द भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरी, विद्यालयका सल्लाहकार समितिका संयोजक विश्वराज आचार्य र विद्यार्थीहरु राजेन्द्र गिरी, लजिता दर्लामी मगर लगायतका वक्ताहरुले विदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी सविद आचार्यले गरेका थिए ।
सिद्धार्थ बोडिङमा विदाई
देउखुरीको मौरीघाट स्थित सिद्धार्थ इङलिस बोडिङ स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले शुक्रवार एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन् ।
विद्यालयका प्रिन्सिपल खगेन्द्र चौधरीको अध्यक्षता एवम् अभिभावक कुलराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले फुलमाला,टिका र मायाको चिनो प्रदान गरी कक्षा १० का विद्यार्थीहरुलाइ विदाई गरेका हुन् । विद्यार्थीहरु अनुपा चौधरी र अम्विका चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता र पत्रकार जमिर शाहा लगायतका वक्ताहरुले विदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिनुको साथै विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सुवास केसीले गरेका थिए ।
सर्वोदयमा विदाई
सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले शुक्रवार एक कार्यक्रमका बिच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका छन् । कक्षा ११ का विद्यार्थी कृष्ण खैकलामगरको अध्यक्षता एवम् विद्यालयका प्रअ गोविन्दबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले फुलमाला,टिका र मायाको चिनो प्रदान गरी कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका हुन् । विद्यार्थी शिवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका शिक्षकहरु रामकृष्ण पौडेल,रेशमराज पोख्रेल, कक्षा १२ का विद्यार्थीहरु भक्तबहादुर थापा, अन्जना चौधरी लगायतका वक्ताहरुले विदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु गौतम चौधरी र विमला सुनारले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *