नमुना आँपखोली खानेपानीको साधारणसभा

२०७४ फाल्गुन २५, शुक्रबार १४:५४ गते २०७४ फाल्गुन २५, शुक्रबार १४:५४ गते २०७४ फाल्गुन २५, शुक्रबार १४:५४ गते
?

ओमप्रकाश गुप्ता
देउखुरी २५ फागुन । नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समिति राप्ती गाउँपालिका १ भालुवाङको नवौ साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष पदम पुनको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा कोषाध्यक्ष गोमाया केसीले आर्थिक वर्ष २०७३–०७४ को ७५ लाख १ हजार ८ सय ६८ रुपैयाँ तथा यस आर्थिक बर्षको माघ मसान्त सम्मको ६ लाख ७९ हजार ८४ रुपैयाँको आय ब्यय प्रस्तुत गरेका थिए । सदस्य अन्जु विष्टको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष धु्रव ठकुरी, वडा अध्यक्ष तारावहादुर डिसी, स्पोन्सर रुद्र बहादुर झाक्री ,बुद्घिजिवी खिमबहादुर शाह, बहादुरकर्ण केसी, गेमबहादुर खड्का,नरबहादुर केसी, पत्रकार महेश रिजाल, हस्तबहादुर गुरुङ , त्रिभान बुढा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य हिरा झाक्री मगरले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *