मावि भालुवाङमा सामाग्री हस्तान्तरण

२०७४ फाल्गुन २५, शुक्रबार १५:४४ गते २०७४ फाल्गुन २५, शुक्रबार १५:४४ गते २०७४ फाल्गुन २५, शुक्रबार १५:४४ गते

ओमप्रकाश गुप्ता
देउखुरी २५ फागुन । देउखुरीको राष्ट्रिय मावि भालुवाङमा सुआहार २ ले सरसफाई सामाग्री उपलब्ध गराएको छ । विद्यालयमा भएका खानेपानी सरसफाई र स्वच्छता सेवा सुविधाको उचित मर्मत सम्भार र ब्यवस्थापनको लागि सो सामाग्री उपलव्ध गराइएको हो । कार्यक्रममा सुआहारा २ का जिल्ला संयोजक सुरज शर्मा, वास अधिकृत मनोज पौडेल, लेखा अधिकृत पर्वत ढकाल, कृषि अधिकृत दुर्गादत्त घिमिरे,वास ट्रिगर कल्पना बैद्यको टोलीले विद्यालयका प्रधानाध्यापक दिलबहादुर कुमाललाई वासटुल कीट, सेनेटरी प्याड, नङकट, साबुन, ट्वाईलेट सरसफाई गर्ने सामाग्री तथा हार्डबेयरका सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयलाई स्वास्थ्य तथा पोषणको क्षेत्रमा सहयोग गर्दै आएको सुआहारा २ कार्यक्रमले राप्ती गाउँपालिका लगायत दाङ जिल्लाका अधिकांस विद्यालयमा काम गरिरहेको संयोजक सुरज शर्माले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *