अाेमप्रकाश गुप्ता
लमही २५ फागुन । दाङको लमहीमा अटो रिक्सा दुर्घटना हुदा ६ जना घाईते भएका छन् । त्यसमा दुईको अवस्था गम्भिर छ । लमही नगरपालिका वडा नं. ६ मध्यनगरमा ना १ घ ६९६ नम्वरको अटो रिक्सा दुर्घटना हुदा अटो चालक लमही–६ निवासी ५० वर्षीय सिङ्नाथ चौधरी, ३५ बर्षीय रामबहादुर चौधरी, लमही–६ निवासी ११ वर्षीय खुसी सुनार, सोही ठाउँ निवासी ४३ वर्षिय जानका सुनार, ३० वर्षीय लिला चौधरी, ६ वर्षीय मानव चौधरी घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । चालक सिङ्नाथ चौधरी र जानका सुनारलाई थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको छ । वाँकी ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0