राप्तीपारीको विकासमा सञ्चारको भुमिका महत्वपुर्ण हुने

२०७४ फाल्गुन २७, आईतवार १३:२९ गते २०७४ फाल्गुन २७, आईतवार १३:२९ गते २०७४ फाल्गुन २७, आईतवार १३:२९ गते

ओमप्रकाश गुप्ता
गढवा २७ फागुन । राप्तीपारीको विकासमा सञ्चारको महत्वपुर्ण भुमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ दाङले आइतवार राप्तीपारीको गढवामा आयोजना गरेको राप्तीपारीको विकासमा सञ्चारको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । विकासका सम्भावना र प्राकृतिक सम्पदाहरुले भरपुर भए पनि जिल्लाको अन्य क्षेत्रको विकासको गति बढ्दै जाँदा राप्तीपारीको विकासको क्रम घट्दै जानु दुखद् कुरा भएकोमा चिन्ता व्यक्त गर्दै विकासका प्रशस्त सम्भावना भएर पनि समस्यै समस्याले घेरिएको राप्तीको दक्षिणी भेगलाई विकास र समृद्धीमा अगाडी बढाउन मिडियाले आफ्नो भुमिकालाई अझ फराकीलो पार्न आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका थिए । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले देउखुरीको दक्षिणी भेगमा रहेको गढवाको समग्र विकासको लागी सिस्टम र पहँुचको विकास हुन जरुरी रहेको बताए । उनले उर्बर भुमि रहेको दक्षिणी भेगमा कृषिको विकासको लागि शुरु भएको बड्कापथ सिचाई आयोजना निरबाध सञ्चालन हुनु पर्ने, कालाकाटे, गढवा राजपुर हुदै सिक्टा सम्मको बाटो कालोपत्रेका लागि सरकारले उचित सम्बोधन गर्नु पर्ने लमही कोइलाबास सडकका क्षेत्रमा परेका जग्गाधनीहरुलाई मुआब्जाको व्यवस्था तत्काल हुनु पर्ने , राप्ती पुल देखि खड्गपुर धर्मापुर पर्सिया, कटयानगाउँ हुदै गोविन्दपुर सम्म र उठैया देखि कक्रवा जोडने सडक निर्माणको लागि प्रदेश सरकारले बजेट व्यवस्था गर्नु पर्ने र त्यसका लागि सञ्चार माध्यमले खबरदारी गर्न सके राप्तीपारीको विकासमा टेवा पुग्ने बताए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले महिलाको विकासका लागि आवश्यक बजेट बिनियोजनमा पहल गर्ने बताए । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमालले समस्याले जेलिएको गढवा क्षेत्रको विकासमा सरकारको ध्यानाकर्षण गराउन मिडियाले निरन्तर खबरदारी गर्नु पर्ने बताए । कार्यक्रममा बोल्ने अन्य राजनितिक दलका प्रतिनिधिहरुले राज्यको स्पष्ट निति र योजना नभएका कारण पुरानो र एतिहासिक क्षेत्र राप्ती पारीका गाउँबस्तीहरु ओझेलमा परेको भन्दै नेपाल पत्रकार जस्तो सञ्चार संस्था र जिल्लाका सचारकर्मीहरुले पिछडिएको क्षेत्रको विकासका लागि विषेश रुपमा कलम चलाउन आग्रह गरे । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे, नागरिक समाज दाङका सहसंयोजक निमबहादुर थापा, नेपाली काग्रेसका प्रतिनिधि सकुन्तला डिसी, जनमोर्चाका गुणनिधी शर्मा,जनमोर्चाकै कपिलदेब खनाल,संघिय समाजबादी फोरमका अशोक यादव, बन तथा बाताबरण संरक्षण समिति गढवाका अध्यक्ष उमाकान्त पन्त, महिला संघका क्षेत्रिय अध्यक्ष खिमा रिजाल, रुमा अर्याल, रेखा थापा, वडा सस्दयहरु कमला नेपाली, मंजिता चौधरी, बिष्णु कुवर, देवी प्याकुरेल, जगतराम यादव, ओभा पाठक लगाएतले बोलेका थिए । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र वलीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *