ओमप्रकाश गुप्ता
सिसहनियाँ २७ फागुन । देउकी सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका ५ पहरुवाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार पहरुवामा सम्पन्न भएको छ । समुहका अध्यक्ष जोखुराम चौधरीको अध्यक्षता एवम् वन महासंघका जिल्ला अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन समुहका सचिव बालिका शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमरेन्द्र चौधरीले प्रस्तुत गरेका थिए ।
समुहका उपाध्यक्ष शिवा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नर्ती सामुदायिकन वन समन्वय समितिका सचिव तारा घिमिरे, वडा सदस्य गणेश चौधरी,लठ्ठहवा गाउँ अगुवा बामदेव चौधरी, समाजसेवी तथा बुद्धिजिवी आत्माराम भट्टराई,पुर्व अध्यक्ष तथा सल्लाहाकार भिमबहादुर चौधरी, पुर्व उपाध्यक्ष तथा सल्लाहाकार भगवता शर्मा, पत्रकार सन्तोषकुमार गुप्ता र उपभोक्ता किरण आचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समुहकी सचिव बालिका शर्माले गरेकी थिइन् ।
यसै बिच शनिवार नै भएको अधिवेशनले पुन जोखुराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिवा भट्टराई, सचिवमा बालिका शर्मा, कोषाध्यक्षमा अमरेन्द्र चौधरी रहेका छन् भने अन्य सदस्यहरुमा गणेशकुमार चौधरी, कुलबहादुर बुढा,नजर मोहम्मद,पुरनप्रसाद चौधरी, हरिप्रसाद चौधरी, सिता चौधरी,बासपती चौधरी र शारदा परियार र नारायण चौधरी रहेका छन् ।
Views: 0