बन्यजन्तुबाट हुने क्षति कम गर्ने मुद्धा स्थानीय तहले मुख्य प्राथमीकता दिनुपर्नेमा जोड

२०७४ फाल्गुन २८, सोमबार १५:४१ गते २०७४ फाल्गुन २८, सोमबार १५:४१ गते २०७४ फाल्गुन २८, सोमबार १५:४१ गते
घोराही, २८ फागुन । 
बन्यजन्तुले मानबबस्तीमा पु¥याउने क्षतिको न्युनीकरण गर्नका लागि स्थानीय तहले कार्ययोजना निर्माण गर्नुपर्ने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ दाङ र हरियो बन कार्यक्रमले आयोजना गरेको मानब र बन्यजन्तु द्वन्द्व ब्यबस्थापन सम्बन्धी कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
 
सामुदायिक बन तथा राष्ट्रिय बन मार्फत् मानब बस्ती र खाद्यान्न बालीमा नोक्सान पु¥याउने गरेको भन्दै त्यसको न्युनीकरणका लागि स्थानीय सरकारले कार्ययोजना निर्माण गर्नुपर्ने बताएका हुन् । बन्यजन्तुले मानिसलाई पु¥याउने हानी र बालीमा गर्ने नोक्सानीको भरणपोरषणका लागि स्थानीय सरकारले पहल गर्नुका साथै योजना तयार पार्नुपर्ने सहभागीहरुले बताएका थिए ।
 
सामुदायिक बन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाखर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हरियो बन कार्यक्रमका टीम लिडर सुबास देबकोटाले बन्यजन्तुले मानब बस्तीमा पु¥याउने क्षतिलाई न्युनीकरण गर्ने र क्षतिको राहत उपलब्ध गराउने ऐन कानुनका बारेमा जानकारी गराउनुभएको थियो ।
 
जिल्लाका पत्रकारहरुको सहभागीतामा भएको छलफलमा बन्यजन्तुले पु¥याउने राहतका कार्यक्रम सञ्चालन गर्नका लागि पत्रकारहरुले स्थानीय तहलाई सचेत पार्नका लागि कलम चलाउनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले पत्रकारहरुले गर्ने सहयोग भरपुर रुपमा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *