अाेमप्रकाश गुप्ता
देउखुरी २९ फागुन । दाङका मुक्तकमैयाहरुले हातमा लालपुर्जा भए पनि आफनो जग्गाको पहिचान हुन नसकेको प्रति दुख व्यक्त गरेका छन् । मुक्त कमैया समाज दाङको आज देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा आयाेजित चौथो जिल्ला अधिवेशन जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सो गुनासो गरेका हुन् । साथै उनीहरुले राज्यबाट अझै पनि मुक्तकमैयाहरुलाई उपेक्षित गरेको बताएका छन् । राज्यले अझै पनि कमैयाहरुको गुनासो नसुन्दा कमैयाहरुको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् । समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्बा चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सरकारको निति नियम अनुसार गाउँपालिकाले गर्नु पर्ने सहयोगमा कुनै कन्जुसाइ नहुने बताएका छन् । त्यसका लागि गाउँपालिकाले मुक्तकमैयाहरुको डाटा संकलन गरी गर्नु पर्ने काम पुरा गर्ने बताए । सो अवसरमा नेकपा एमालेका किरण भण्डारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, नेकपा माओवादीका केन्द्रका धर्मराज अधिकारी, राजमोका दलबहादुर घर्ती, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, मुक्त कमैया समाजका केन्द्रिय सदस्य टेकबहादुर रावत,भुमि अधिकार मञ्चका जिल्ला अध्यक्ष हरिनारायण चौधरी, नर्ती इलाका वन महासंघका जिल्ला अध्यक्ष हरि भुसाल,कालिका सामुदायिक वनका अध्यक्ष जोहोरमान मियाँ, घण्टदेव सामुदायिक वनका उपाध्यक्ष उत्तम अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, मुक्त कमैया युवा जागरण समाजका जिल्ला अध्यक्ष अञ्जना चौधरी मुक्तकमैयाहरु गणेशराम चौधरी,दुखराम सार्की,मनबुझाउन चौधरी,सावी चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका जिल्ला उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजका जिल्ला सचिव गुलामअली शाहीले गर्नु भएको लालमटियाको रेडियो राप्तीबाट ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ ।
Views: 0