ओमप्रकाश गुप्ता
देउखुरी ३० फागुन । गत सोमवार यूएस एयरको विमान दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरु प्रति देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट श्रीनारायण चोकमा बुधवार बेलुका दिपप्रज्वलन गरी श्रद्धाञ्जली ब्यक्त गरिएको छ । ग्लोबल युथ क्लवको आयोजनामा दिप प्रज्वलन सहित श्रद्धाञ्जली ब्यक्त गरिएको हो । बिमान दुर्घटनामा परी मृत्यु भएका ४९ जना ब्यक्तिको सम्झनामा क्लवमा आवद्ध तथा स्थानीयहरुको सहभागितामा दिप प्रज्वलन गरी श्रीनारायण चोक मौरीघाटमा एक मिनेट मौन धारण समेत गरिएको थियो । क्लवका उपाध्यक्ष पवित्रा विकको अध्यक्षतामा भएको कार्यक्रमका बारेमा क्लवका सदस्य विन्दु गिरीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन क्लवका सचिव सुमन ज्ञवालीले गरेका थिए । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगला एयरको विमान दुर्घटनामा परि ज्यान गुमाउने युवा विद्यार्थीहरु प्रति दिप प्रज्वलन गरी श्रद्धाञ्जलीे गरिएको क्लवका सचिव ज्ञवालीले बताए । बाङ्लादेश पढ्न गएका धेरै युवा विद्यार्थीहरुको निधन भएको भन्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको ज्ञवालीले बताए । साथै उक्त दुर्घटनामा परि धेरै पर्यटन ब्यावसयीहरुको ज्यान गएको खबरबाट आफुहरु स्तब्ध भएको भन्दै मैन बत्ती बालेर शोक प्रकट गरिएको उनले बताए ।
Views: 0