तुलसीपुरका मेयरद्वारा एक लाख बढीको अक्षय कोष स्थापना

२०७४ फाल्गुन ३०, बुधबार १६:१६ गते २०७४ फाल्गुन ३०, बुधबार १६:१६ गते २०७४ फाल्गुन ३०, बुधबार १६:१६ गते
तुलसीपुर, ३० फागुन
तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले अश्वारा माध्यामिक विद्यालयमामा एक लाख एक हजार एक सय एक रुपैयाँ राशीको अक्षय कोष स्थापना गर्नु भएको छ । मेयर पाण्डेले वुवा र आमाको नाममा आफुले कखरा चिनेको स्कुलमा टेकअमृता छात्रवृत्ती अक्षय कोषको स्थापना गर्नु भएको हो ।
विद्यालयमा बुधबार भएको ५८ औं बार्षिक उत्वसका अवसरमा मेयर पाण्डे र उनका छोरा अनुप र शिशिरले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेलाई एक लाख एक हजार एक सय एक रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो । अक्षय कोषबाट बार्षिक रुपमा प्राप्त हुने व्याजबाट एसईई परिक्षामा उत्कृष्ठ हुने एक जना छात्रा र एक जना छात्रलाई पुरस्कृत गरिने छ । पाण्डेको परिवारले स्थापना गरेको अक्षय कोष विद्यालयमा अहिले सम्मकै सबै भन्दा ठूलो राशीको अक्षय कोष हो ।

सो अवसरमा बोल्दै पाण्डेले समाजका लागि केहि गर्नु पछ भेन्ने उद्देश्यका साथ अभिभावको सम्झानामा अक्षय कोष स्थापना गरेको बताउनभयो । वार्षिक उत्वसलाई उद्घाटन गर्दै मेयर पाण्डेले तुलसीपुर क्षेत्रलाई क्षैशिक क्षेत्रका रुपमा विकास गर्नु पर्ने भन्दै विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न चाहेमा उपमहानगरपालिकाले पहिलो चरणमा १० लाख रुपैयाँ दिने घोषणा गर्नु भयो । व्यवहारमुखी शिक्षा नहुदा पढेर पनि लाखौं युवाले रोजगारी नपाएको भन्दै शिक्षालाई अब व्यवहारीक बनाउन प्राविधिक शिक्षाको आवश्यकता रहेको औंल्याउनुभयो ।


बालबालीको पहिलो पाठशाला घर भएको भन्दै घरमा अभिभावकले बालबालीकलाई पढ्ने वातावरण तयार गरिदिनु पर्ने बताउनु भयो ।
सो अवसरमा स्वर्गीय बुद्धिमान तथा रामकुमारी बस्नेत अनाथ अक्षय कोषबाट मनोज जैशी, देबि गुरु, वुद्धिलता अक्षय कोषबाट उत्सव विक, तुलसी नेपाली, र निरु बाल साहित्य अक्षय कोषबाट अमृता वली, रेखा चन्द र झरना देवकोटालाई पुरस्कृत गरिएको थियो । त्यसैगरी कार्यक्रममा अक्षय कोष दातालाई पनि सम्मान गरिएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष नन्दला खत्रीको अध्यक्षतामा भएको वार्षिक उत्वसवमा तुलसीपुर उपमहानगरपालिका – ८ का वडा अध्यक्ष वेदबहादुर केसी, आधारभूत विद्यालय दोघरेका प्रधानाध्यापक घनश्याम आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य शिवहरी भण्डारी, पूर्व विद्यालय व्यवस्थापन समितिको तर्फबाट मुक्ति न्यौपाने, शिक्षक हरी शाह, अपाङ्ग संघबाट देबा डाँगी, अक्षय कोषदाताबाट आसोक लामीछाने, पवित्रा काफले, लिलामणी गौतम लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण खगेन्द्र काफले र विनोद मल्लले गरेका थिए । सो अवसरमा विद्यालयका शैक्षिक प्रगतिका बारेमा प्रधानाध्यापक हिरालाल न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *