प्रदेश ५ मा मुख्यमन्त्रि शंकर पोखरेलले गरे मन्त्रिपरीषद विस्तार, थपिए ३ मन्त्री

२०७४ चैत्र ५, सोमबार १४:३८ गते २०७४ चैत्र ५, सोमबार १४:३८ गते २०७४ चैत्र ५, सोमबार १४:३८ गते

एमालेका २, माओवादीका १

५ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पुर्‍याएका छन् । यसअघि ३ सदस्यीमात्रै रहेकोमा सोमबार ३ जना मन्त्री थपिएका हुन् ।

आइतबार सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय, लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण र आरती पौडेलले भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् ।

थपिएकामध्ये बराल नेकपा माओवादी केन्द्रका हुन् भने गिरी र पौडेल नेकपा एमालेका हुन् । बराल गुल्मी १ क बाट, गिरी रुपन्देही २ क बाट र पौडेल बाँके १ ख बाट निर्वाचित भएका हुन् ।

फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *