युवा बैज्ञानिक मार्शलले बनाए पानि तान्ने पम्प कन्ट्रोलर

२०७४ चैत्र ५, सोमबार १५:४५ गते २०७४ चैत्र ५, सोमबार १५:४५ गते २०७४ चैत्र ५, सोमबार १५:४५ गते

दिपक वली
दाङ, ५ चैत
सानै उमेर देखि विभिन्न सामग्री निर्माण गर्दै आएका युबा बैज्ञानिक मार्शल रोकाले अटोमेटिक रुपमा पानी तान्ने पम्प कन्ट्रोलर बनाएका छन । बिद्युतको सहायताले सञ्चालन हुने उक्त अटोमेटिक पम्प कन्ट्रोलर बनाएका बैज्ञानिक रोकाले आज घोराहिमा पत्रकार सम्मेलन गरी यसको बारेमा जानकारी दिएका हुन ।
ट्याङ्कीमा पानी भरीएको थाहा नहुने अवस्था आएकोले यो यन्त्र निर्माण गरेको पनि रोकाले बताए । मेल्टा टेक्नोलोजीले बनाएको पम्प कन्ट्रोलरको प्रयोगले मोटर स्वीच अन अफ गर्ने झन्झट नहुन, अनाबश्यक पानी पोखिने जल्ने÷विग्रने, समस्या कम हुने रोकाले जानकारी दिए । यो कन्ट्रोलरको प्रयोगले अनावश्यक रुपमा मोटर चल्दा मोटरका क्वाइल समेत जल्न सक्ने, ट्याङ्कीमा पानि भरीएर पोखीने,समस्यावाट छुटकारा पाइने बैज्ञानिक रोकाले बताए । विगत एक वर्ष पहिले देखी उक्त यन्त्र निर्माणमा जुटेका रोकाले यो काममा सफलता प्राप्त गरेसंगै सयौ कामहरु गरीसकेका छन र उनले व्यवसायीक उत्पादन समेत काम थालीसकेका छन । उनको उत्पादन अहिले जिल्लाका विभिन्न ठाँउहरुमा जस्तै वजारका होटेल, अस्पतालहरुमा पनि जडान गरीएको छ । एक बर्षको ग्यारेन्टी रहेको पम्प कन्ट्रोलरले पैसा र समयको बचत सङसङगै बिद्युतको पनि बचतको गर्ने रोकाले दाबी गरे ।

घोराही लगायत आसपासका क्षेत्रमा करीव १ सय ५० ठाँउहरुमा उक्त यन्त्र जडान गरीसकिएको र अरु जडान कार्य पनि जारी रहेको रोकाले जानकारी दिए ।
घर, हस्पीटल, होटल, स्कुल ,कारखाना, कार्यालयका लागि उपयुक्त रहेको सामग्री मानिसको जिवनमा धेरै उपयुक्त रहेको पनि बताए । स्वदेशमै रहेका कच्चा पदार्थ सङकलन गरी पम्प कन्ट्रोलर निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा यन्त्रले कसरी काम गर्छ भन्ने सम्वन्धमा रोकाले चलाएर समेत देखाएका थिए । पानी ट्याङ्की भित्र करेन्ट नलाग्ने खालका ३ वटा सेन्सर राखिएको र ट्याङ्कीमा राखीएका ३ वटा सेन्सर मध्ये एउटाले पानि भरीएको संकेत गर्छ र मोटर आफै वन्द हुन्छ भने अर्कोले पानि सकिदै जादा मोटर आफै चल्छ ।

रोकाले भने । नेपाली बजारमा कन्ट्रोलरको मुल्य ४ हजार ९ सय ९९ रुपैया रहेको र जडान खर्च सहित छ हजार रुपैया पर्न जाने रोकाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । यन्त्रमा लाग्ने एउटा उपकरण वाहेक सवै नेपालमा सजिलै उपलव्ध भएको रोकाले बताए । स्वदेशमै पाईने वस्तुहरुवाट नै यन्त्र निर्माण गरीएको उनको दावि छ । मेल्टा टेक्नोलोजी नाम दिएर कम्पनीकै रुपमा दर्तागरी व्यवसायीक उत्पादन गर्न सुरु गरेका रोकाले सयौ युवालाई रोजगारी दिने योजना समेत बनाएको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *