बिजुलि बासि भन्छन , कि हामिलाई पानि देउ कि झुटो आश्वासन नदेउ

२०७४ चैत्र १२, सोमबार १६:५२ गते २०७४ चैत्र १२, सोमबार १६:५२ गते २०७४ चैत्र १२, सोमबार १६:५२ गते

दिपक वली
चैत्र १२ दाङ
भनिन्छ पानि मानिसका लागि बाँच्ने एक आधार हो तर पनि प्युठानको ऐरावती गाँउपालिका ६मा पर्ने विजुली भन्ने ठाँउमा एकदमै पानिको हाहाकार भईरहेको छ । पहिले देखि पानिको समस्या भएता पनि अहिले धेरै लामो समय सम्म खडेरी पर्दा बस्ती देखि केही मिटर तल पर्ने धाराहरु सुक्दै जादा स्थानीय बासिन्दा लाई पानिको जोहो गर्न पनि धौ धौ परेको छ ।
पुर्ब योजना आयोगका उपाध्यक्ष गोविन्द राज पोख्रेल र तत्कालीन पुर्व गृहमन्त्री बाम देबले झिम्रुक खोलाको पानी विजुली कोटमा फालेर समस्याको समाधान गर्ने भनेर बजेट छुट्टायको र प्रदेश र प्रतिनिधि सभा चुनावलाई लक्षित गरी नेताहरुले स्थानीय लाई यो कुराको चुनावी नारा बनाएर चुनाव जितेर जादा पनि त्यस ठाँउको काम अझै सुरुवात हुन सकेको छैन ।

                                               जनताले प्रयो गर्ने धारोको अबस्था

नेपाल जल श्रोतको दोस्रो धनि देश हुदा पनि आफुहरु पानिको समस्यामा पर्दा बाँच्नै गाह्रो भएको स्थानिय  गोपाल पौडेल बताउछन । हामिहरु जसो तसो डुब्न लागेको घाम भयौ हाम्रा छोरा नातिले कसरी जिवन कटाउने त्यसैले अब यँहाबाट बसाइ सरेर अनि पानिको सुबिधा हुने ठाँउमा जाने सोच बनाएको छु, उनले भने ।
साना साना खोलाहरुको पानी संकलन गरेर लिप्ट खानेपानी को काम तिब्र गतिमा अघि बढेपनि मुहान हरु सुक्दै जाने समस्या ले गर्दा लिप्ट खानेपानी योजना पनि अझै सफल हुन सकेको छैन
पानी कै समस्या ले स्थानीय बासिन्दाको बसाइँसराइ तिब्र रुपले अघि बढेको पाइएको छ । यँहा बाट अरु ठाँउमा जादा पनि जग्गा बिक्दैन यहि पािनको कारणले ,जग्गा नबिके अन्त जग्गा किन्ने पैसा छैन उनले दुखेसो पोखे ।आकासे पानी संकलन गर्ने घैटाहरु बनाउने योजना आएता पनि जनप्रतिनिधि हरुले धेरै जसो आफ्ना नजिकको इष्ट मित्र चलाखहरुलाई बाडेको पनि स्थानीयहरु बताउछन । आफुले चुनाव जित्नका लागि जनप्रतिनिधिहरुले झुटो आश्वासन दिदा आफुहरुले साँचिकै हाम्रो गाँउको बिकाश हुन्छ भन्नेमा बिश्वस्त भयर भोट दिइयो अहिले आएर आफै दुख पाइयो उनिहरुले दुखेसो पोख्छन ।प्युठान बाट हाम्रा सहकर्मि गोपाल पौडेलले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *