मुक्त कमैयाका छोरा छोरीलाई निशुल्क शिक्षाको माग

२०७४ चैत्र १३, मंगलवार १५:०४ गते २०७४ चैत्र १३, मंगलवार १५:०४ गते २०७४ चैत्र १३, मंगलवार १५:०४ गते

ओमप्रकाश गुप्ता
देउखुरी १३ चैत । मुक्त कमैया युवा जागरण समाज दाङले आज मुक्त कमैयाका छोरा छोरीलाई उच्च तह सम्म गुणस्तरीय, अनिवार्य तथा निशुल्क शिक्षा सहितको ७ बुदे माग सहित ज्ञापनपत्र राप्ती गाउँपालिकाकालाई बुझाएको छ । युवा जागरण समाजका जिल्ला अध्यक्ष सुरज चौधरीले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई उहाँकै कार्यकक्षमा गई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा युवा जागरण समाजले नितीगत व्यवस्था अनुसार विद्यालयतहमा निशुल्क शिक्षा कार्यान्वयन हुनु पर्ने र कार्यान्वयन नगर्ने संस्थालाई क्षतीपुर्तीको व्यवस्था गर्नु पर्ने,५ प्रतिशत मुक्त कमैयाका युवालाई प्राविधिक शिक्षाको लागि निशुल्क व्यवस्था हुनु पर्ने, निती निर्णायक तहमा मुक्त कमैया युवाहरुको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने,सिपयुक्त मुक्त कमैया युवाहरुलाई प्रमाणका आधारमा विना धितो कम्तीमा पनि ५ लाख सम्मको न्युन व्यनजको रकम दिनु पर्ने, महिलाका हकमा भने न्युनतम ६ महिना सम्म ५० हजार सम्म विना व्याजको रकम उपलब्ध गराउनु पर्ने, कम्तीमा ३ महिना देखि १ वर्ष सम्मको निशुल्क सिपमुलक शिक्षाको व्यवस्था गर्नु पर्ने, गाउँ, नगर तथा उपमहानगरपालिकाका साथै सरकारी तथा गैरसरकारी निकायमा अन्य आरक्षण समुह सरह मुक्त कमैयालाई पनि जनसख्याको आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नु पर्ने, स्वास्थ्य सुविधाको विषेश सेवाको व्यवस्था गर्नु पर्ने र युवा स्वरोजगार कोषबाट मुक्त कमैया युवाहरुलाई विषेश सुविधा प्रदान गर्नु पर्ने माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष सुवेदीले गाउँपालिकाले गर्न सक्ने जतीको माग आफुले पुरा गर्ने र अन्य मागका लागि नेपाल सरकार सँग पहल गर्ने तथा सम्बन्धीत निकायमा फाइल पठाइ सहयोग गर्ने बताइएको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *