विद्यालयका बारेमा जानकारी लिन अनुगमन समिति गठन

२०७४ चैत्र १४, बुधबार १४:०५ गते २०७४ चैत्र १४, बुधबार १४:०५ गते २०७४ चैत्र १४, बुधबार १४:०५ गते
?

ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
देउखुरी १४ चैत । राप्ती गाउँपालिका सामाजिक समितिको बुधवार बसेको बैठकले ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ । राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट कक्षा थप,तह थप, विद्यालय स्थान्तरण, अनुमति आदिका वारेमा विद्यायलहरुले उपलब्ध गराएका विवरणहरुवारे स्थलगत अनुगमन गर्न विद्याशरण चौधरीको संयोजकत्वमा राजेन्द्र कुमार घिमिरे सदस्य सचिव रहने गरि किरण पोख्रेल, विक्रान्त ज्ञवाली, शोभाकर भुसाल, कुलराज पोख्रेल, रामनारायण चौधरी रहेको ७ सदस्यीय अनुगमन समिति गठन गरेको हो । बैठकले कक्षा ८ को परिक्षा अनुगमन प्रतिवेदन समेत पास गरेको छ । परिक्षा मर्यादित, शान्तिपुर्ण र परिक्षा समितिद्घारा निर्देशित निर्देशन अनुसार सञ्चालन भएकोमा सम्पुर्ण विद्यालय परिवार, शिक्षक , अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । समितिले सञ्चालन भइरहेको एसइई परिक्षाको अनुगमन समेत नियमित गर्दै आएको सदस्य सचिव राजेन्द्र कुमार घिमिरेले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *