ओमप्रकाश गुप्ता
देउखुरी १४ चैत । लमहीमा चैत १६ गते देखि सुरु हुने मेयर कप क्रिक्रेट प्रतियोगिताको तयारी पुरा भएको छ । देउखुरी क्रिक्रेट क्लवले बुधवार लमहीमा पत्रकार सम्मेलन गरी मेयर कपको तयारी पुरा भएको जानकारी दिएको हो । लमहीको देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता एवम् दाङ क्रिक्रेट संघका अध्यक्ष प्रदिप मजगैँयाको प्रमुख अतिथ्तामा भएको पत्रकार सम्मेलनमा खेलको तयारी पुरा भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष पौडेलले खेल, खेलाडी र मैदानको समग्र विकास हुने हुँदा खेलको महत्व अति नै रहेको बताए । अहिलेको सरोकार भनेको दाङ क्रिक्रेट र मैदानको विकासमा सबैले ध्यान दिनुपर्ने अवस्था रहेको दाङ क्रिक्रेट संघका अध्यक्ष प्रदिप मजगैँयाले बताए । १६ गते हुने मेयर कपको उद्घाटन विहान ११ बजे लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा ८ वटा क्लव सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । तुलसीपुरवाट एउटा, घोराहीवाट दुई वटा, लमही वाट तीन वटा , हस्नापुरवाट एउटा र गढवावाट एउटा गरी आठ वटा टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड मेडल र प्रमाण पत्र,द्धितिय हुनेलाई नगद ३० हजार शिल्ड मेडल र प्रमाण पत्र ब्यवस्था गरिएको जानकारी दिइएको छ । लमहीको निर्माणधिन क्रिक्रेट मैदानको बारेमा प्रचार प्रचार गर्न तथा सबै क्रिक्रेट खेलाडिलाई जानकारी गराउनका लागि मेयर कपलाई जिल्ला स्तरीय प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको देउखुरी क्रिक्रेट कल्वका अध्यक्ष शोभाराम पौडेले बताएका छन् । पत्रकार सम्मेलनको सहजीकरण देउखुरी क्रिक्रटे कल्वका सचिव पवन रिजाल शर्माले गरेका हुन ।
Views: 0