क्रान्तिकारी पत्रकार संगठनद्धारा देउखुरीका सञ्चारगृहको अनुगमन

२०७४ चैत्र १७, शनिबार १७:२७ गते २०७४ चैत्र १७, शनिबार १७:२७ गते २०७४ चैत्र १७, शनिबार १७:२७ गते

ओमप्रकाश गुप्ता
देउखुरी १७ चैत्र । क्रान्तिकारी पत्रकार संगठनको बैशाख १५ र १६ गते काठमाडौमा हुन लागेको राष्ट्रिय सम्मेलन र चैत्र २७ गते दाङको जिल्ला सम्मेलनको तयारी स्वरुप देउखुरी क्षेत्रका सञ्चारगृहहरुको अवस्थाबारे अनुगमन गरेको छ ।
संगठनका दाङ जिल्ला अध्यक्ष जानकी दहिदको अगुवाईमा गएको अनुगमन टोलीले राप्ती गाउँपालिका १ भालुवाङमा रहेको देउखुरी टुडे राष्टिय साप्ताहिक, लालमटियामा रहेको रेडियो राप्ती , राप्ती टेलिभिजन र गढवामा रहेको रेडियो साझा आवजको अनुगमन गरेको हो । अनुगमनका क्रममा गरिएको छलफलमा सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई श्रम अनुसारको उचित पारिश्रमिक नभएको, मिडियाले नियुत्तीपत्र दिन कन्जुसाइ गरेको, समाचार लेख्दा आइ पर्ने समस्याका बेला सुरक्षाको अनुभुती नभएको लगायतका समस्या रहेको पाइएको छ ।
अनुगमन कार्यक्रममा संगठनका राप्ती व्युरो डिल्लीराज रावत, केन्द्रिय सदस्य हरि भण्डारी, जिल्ला सदस्यहरु सन्तोष कुमार गुप्ता, विदुर एमसी लगायत रहेका थिए । चैत्र २७ गते दाङको जिल्ला सम्मेलन नेपाल पत्रकार महासघको सभाहल घोराहीमा हुदै छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *