तिर्थराज ज्ञवाली/ अाेमप्रकाश गुप्ता
देउखुरी २० चैत । राप्ती गाउँपालिकाको वडा नम्वर ४ पिपरखुट्टीका महिलाहरुलाई व्यवसाय , लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तालिम तथा ब्यवसायिक सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
उद्यम तथा सामाजिक विकास मञ्च नेपालको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा ३० महिलाहरुलाई तालिम दिइएको हो । ब्यवसाय सुरु गर्दा अपनाउनु पर्ने सजगता, ब्यवसायको छनौट, बजारीकरण, समस्या, फाइदा, क्षमताको विकास, लेखा प्रणाली लगायतका विषयमा ८ दिन तालिम दिइएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष विष्णु बहादुर जि.सीले ठुलो लागत तथा परिश्रम पश्चात तालीम आयोजना गरिएको हुँदा सहभागीहरुले सिकेका कुरा सिप ब्यवहारमा लागु गर्नु पर्ने आवश्यक रहेको बताए । तालीम लिने मात्र नभै काम गरेर देखाउन पनि अध्यक्ष जि.सीले तालिमका सहभागीहरुलाई आग्रह गरे कार्यक्रममा सहभागीको तर्फवाट बोल्दै उषा भण्डारी तथा सरिता नेपालीले तालीमले सिकाएको शिप तथा ज्ञानको ब्यबहारमा उतार्ने प्रतिवद्धता समेत ब्यक्त्त गरे । कार्यक्रम संयोजक भिम बहादुर बस्नेत तथा भुवन चौधरीले प्रशिक्षण दिएकाे कार्यक्रममा आगामी दिनमा थप तालिम तथा सिप मुलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0