दशरथ घिमिरे
देउखुरी २० चैत । ६१ औं राष्ट्रिय सहकारी दिवस देउखुरीका विभिन्न स्थानमा मनाइएको छ । ¥याली र प्रतियोगितात्मक अभ्यासहरुको आयोजना गरेर सहकारी दिवस मनाइएको हो । लमहीमा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लगायतका अन्य सहकारी सम्वद्ध संस्थाको संयुक्त आयोजनामा ¥यालीको आयोजना गरिएको हो । जिल्ला सहकारी संघका शिवध्वज मल्लको अध्यक्षता एवम् लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथि केसीले सहकारी आर्थिक समृद्धिको आधार भएको वताउदै सहकारीको माध्यमवाट आर्थिक शसक्तिकरणको कार्यक्रम अघि सार्ने प्रतिवद्धता व्यक्त गरेका छन् सो अवसरमा लमही नगरपालिकाका उपप्रमुख देवका वेल्वासे, जिल्ला सहकारी संघ लेखा समितिका बीरबहादुर केसी लगायतका वक्ताहरुले मन्तव्य ब्यक्त गरेका थिए । जिल्ला सहकारी संघका उपाध्यक्ष जेतमणी ज्ञवालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण फर्णाधर ढकालले गरेका थिए । यसै गरी राष्ट्रिय सहकारी दिवस राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीयामा मनाइएको छ । सूर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो । सहकारी संस्थाका अध्यक्ष शालिकराम जैशीको अध्यक्षता एवम् राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कृषि तथा सहकारी समितिका संयोजक श्यामबहादुर रोकाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रमा पुलामी, बालीका पोख्रेल, सिमा न्यौपाने लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । कपिलदेव खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दामोदर शर्माले गरेका थिए ।
Views: 0