नविल बैंकको शाखा लमहीमा उद्घाटन

२०७४ चैत्र २०, मंगलवार १५:५० गते २०७४ चैत्र २०, मंगलवार १५:५० गते २०७४ चैत्र २०, मंगलवार १५:५० गते

दशरथ घिमिरे

लमही २० चैत । दाङ–दाङको लमहीमा नबिल बैंकले आफ्नो सेवाको सुरुवात गरेको छ । मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी लमही शाखाको उद्घाटन गरिएको हो । त्यस्तै सुर्खेतको बिरेन्द्रनगर, कैलालीको टिकापुरमा समेत नयाँ शाखाहरुको औपचारीक उद्घाटन गरिएको कार्यक्रममा जानकारी दिइएको हो । लमही शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका हुन ।

बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै टिकापुर कैलाली शाखाहरुको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष पौड्यालले नै गरेका हुन ।

बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नबिल बैंक आफ्नो प्रदेशमा आएकोमा स्वागत गरे । उनले बैंकले त्यसक्षेत्रका जनताको बित्तिय तथा आर्थिक उन्नतिमा हातेमालो गरोस भन्ने अपेक्षा गरेका थिए ।

उनले भने–‘यस शाखा कार्यालयसहित कर्णाली प्रदेशमा थप पाँचवटा शाखा संचालन गर्ने बैंकको योजनारहेको सुन्नपाँउदा हामीलाई अत्यन्त खुशीलागेको छ र ती शाखाहरु सक्दो चाँडो संचालनमा आउन भन्ने आग्रहगर्न चाहान्छौ ।

उनले प्रदेशको तर्फबाट आवश्यक सहयोग पूर्ण रुपमा रहने समेत प्रतिवद्धता ब्यक्त गरेका थिए । बैंकले दिने सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास उनले व्यक्त गरेका थिए । नबिल बैंकलाई कर्णाली प्रदेशमा बिकास सहयोगी साझेदारका रुपमा पाँउदा प्रदेशबासीका तर्फबाट खुला दिलले स्वागत धन्यवाद ब्यक्तगर्दै उच्च सफलताको लागि उनले शुभकामना व्यक्त गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed