तिर्थराज ज्ञवाली/ओमप्रकाश गुप्ता
देउखुरी २२ चैत । राप्ती गाउँपालिकाले अनाथ बाल बालीकाहरुलाई वार्षिक ६ हजार उपलब्ध गराउने राप्ती गाउँपालिकाले विपन्न तथा अनाथ बालबालिकाहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्र रहेका विपन्न तथा अनाथ बालबालिकाहरुलाई गाउँपालिकाले वार्षिक ६ हजार उपलब्ध गराउने भएको छ ।
अनाथ बालबालिकाहरुका लागि महिला तथा बालबालिका कोषवाट मासिक आर्थिक सहयोग उपलब्ध गराउने गाउँकार्यपालिकाको निर्णय अनुसार वडाहरुको सिफारिसमा रकम उपलब्ध गराइने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् ।
गाउँपालिकावाट कुनै किसिमका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका, बाबुआमा दुवै नभए वा बेपत्ता भएको, १६ वर्ष पूरा नभएको, गाउँपालिका भित्र जन्म भएको वा स्थायी बासिन्दा रहेका अनाथ बालबालिकालाई सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिएका छन् ।
उनीहरुको अबस्था पहिचानका लागि वडा कार्यालयहरुलाई जानकारी पठाइएको र हाल सम्म १८ अनाथ बालबालिकाहरुको विवरण गाउँपालिकामा प्राप्त भएकाले ती बालबालिकालाई यस आर्थिक वर्षको सुरुको महिना देखि मासिक ५ सयका दरले एकमुष्ट ६ हजारका दरले सहयोग उपलब्ध गराइने साथै थप अनाथ बालबालिकाको विवरण र सहयोग माग भइ आएमा समेत सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0