तिर्थराज ज्ञवाली/ओमप्रकाश गुप्ता
भालुवाङ २३ चैत्र । राप्ती गाउँपालिकाले यस आर्थिक वर्षको ०७४÷०७५को दशौ बैठकले गाउँपालिका भित्रका क्यान्सर रोगीहरुलाई उपचारमा सहयोग स्वरुप वार्षिक ५ हजार, मुटु, पक्षघात, मृगौला र सिकलसेलका रोगीहरुलाई वार्षिक २ हजार उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकामा लागत अनुमान तयार नभएका ,सम्झौता नभएका योजनाहरु छिटो सम्पन्न गर्न वडाहरुलाई विवरण पठाउन जिम्मेवारी समेत दिएको छ । यसै गरी एकिकृत सम्पत्ती कर कार्यविधि २०७४, खाद्य स्वच्छता, मासुजन्य पदार्थ प्रशोधन तथा विक्री वितरण मापडण्ड २०७४, मर्मत सम्भार विशेष कोष निर्देशिका २०७४ घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्वन्धी कार्यविधि २०७४ लाई लागु गर्न प्रारम्भिक मस्यौदा अध्ययन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता चौधरीले बताए ।
Views: 0