सिसहनियाँमा एक दिने निशुल्क आँखा शिविर

२०७४ चैत्र २४, शनिबार १४:१८ गते २०७४ चैत्र २४, शनिबार १४:१८ गते २०७४ चैत्र २४, शनिबार १४:१८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २४ चैत । १ दिने निशुल्क आँखा शिविर शनिवार सिसहनियाँमा सम्पन्न भएको छ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. सिसहनियाँको आयोजना एवम् लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १९२ जना आँखा विरामीले आँखा चेकजाँच गराएका थिए । जसमा २८ जनाको मोतिया विन्दु, २ जनाको मासु पलाएको र अन्य विरामीहरुमा आँखामा आँखा पाक्ने, चिलाउने र आनोको समस्या रहेको बताइएको छ । मोती विन्दु र मासु पलाएको आँखाका विरामीलाई भने अप्रेसन गर्नु पर्ने बताइएको छ । शिविरमा दृष्टि विशषज्ञ मदन कुमार चौधरी, नेत्र साहायक कमलराज विष्ट, प्राविधिकहरु मिना थापा मगर, टेकबहादुर चौधरी र छेदुराम चौधरीले सेवा दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed