ओमप्रकाश गुप्ता
घोराही २७ चैत । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचिव तथा संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले श्रमजिवी ऐनलाई तत्काल कार्यान्वयनमा ल्याउन पत्रकार महासंघको नेतृत्वलाई सुझाव दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन दाङको दोस्रो जिल्ला सम्मेलनलाई मंगलवार दाङको घोराहीमा उद्घाटन गर्दै सो कुरा बताउका हुन् । प्रमुख अतिथि समेत रहेका चलाउनेले श्रमजिवी ऐन कागजमा मात्र बनेको भन्दै यसलाई ब्यावहारीक रुपमा अनुभुती हुने गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । महासंघको नेतृत्वले यसलाई कुरामा मात्र सिमित बनाएको भन्दै मिडियाको अनुगमन गरेर कार्यान्वयन गर्नु पर्ने उनले विचार ब्यक्त गरे । मिडियामा श्रमजिवी पत्रकारलाई श्रम शोषण मालिकहरुवाट हुने गरेको भन्दै यस्ता कार्यहरु तत्काल बन्द गर्न पनि चलाउने चेतावानी दिएका छन् । जनजिवीका सवालहरुलाई अहिले महत्वका साथ उठाउनु पर्ने भन्दै सरकारले प्रेसलाई अंकुस लगाउने मात्र काम गरेको उनले बताए । त्यस्तै कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकारीतामा केही विकृती विसङ्गती भित्रिएको भन्दै यस तर्फ सबै सचेत बन्नु पर्ने विचार व्यक्त गरे । पत्रकारीताको मुल्य र मान्यतालाई कायम राखेर जनताको पक्षमा पत्रकारीता गर्ने वातावरण सबैले बनाउनु पर्ने उनको धारणा छ । संगठनका जिल्ला संयोजक जानकी दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज सविन पोख्रेल, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य नारायण भण्डारी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष प्रताप रेग्मी, जिल्ला अध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सुशिला आचार्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य दिया चन्द , संगठनका राप्ती व्युरो संयोजक डिल्लीराज रावत लगायतकाले बोल्नु भएको लालमटियाको रेडियो राप्तीबाट ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ । संगठनका सदस्य ओमप्रकाश गुप्ताको स्वागत मन्तव्य र विरेन्द्र गिरीको स्वागत गितबाट सुरु भएको कार्यक्रमको सञ्चालन संगठनका सदस्य सन्तोषकुमार गुप्ताले गरेका थिए ।
क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा पुन दहित
क्रान्तिकारी पत्रकार संगठन दाङको अध्यक्षमा पुन जानकी दहित सर्वसहमतीले चयन भएकी छिन् । सो संगठनको मंगलवार घोराहीमा भएका दोस्रोे जिल्ला सम्मेलनले दहितको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सन्तोषकुमार गुप्ता, सचिवमा जंगबहादुर रेउले, कोषाध्यक्षमा विदुर एम.सी रहेका छन् । संगठनको सदस्यहरुमा ओमप्रकाश गुप्ता, विरेन्द्र गिरी,दिपक वली,अमर चौधरी,दोर्ण केसी,मनोज केसी, सन्तोष विसी,इराधा झाक्रीमगर,आयुषा केसी,मनिषा मगर,धनराज स्वर्णकार,मेघराज डागी, बसन्त राना,सन्तोष थापा,रोम थापा र तेजप्रसाद पोख्रेल रहेका छन् ।
Views: 0