ओमप्रकाश गुप्ता
भालुवाङ २८ चैत । गुरुङ समुदाय भित्र भाषा, कला संस्कृति तथा रहनसहन हराउन थालेको प्रति गुरुङ समुदायका बुढापाखाहरु चिन्तित भएका छन् । तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्को बुधवार लालमटियाको हर्षेडाँडामा भएको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । साथै उनीहरुले गुरुङ समुदायको चाड पर्व कटौती गरेकोमा आपत्ती प्रकट जनाउदै तरुन्त विदालाई पुर्नवलोकन गर्न अनुरोध गरेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अझै पनि आदीवासी जनजाती समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताएका छन् । परिषद्का लालमटिया अध्यक्ष टुकबहादुर गुरुङको अध्यक्षता एवम् परिषद्का जिल्ला कोषाध्यक्ष मोहन गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वार्षिक तथा आर्थिक प्रतिवेदन खुमबहादुर गुरुङले प्रस्तुत गरेका थिए । भुमि गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तमु हयुल छोज धीका अध्यक्ष प्रमिला गुरुङ,लमही नगर विकासका सक्रिय सदस्य खेमराज घले,इकाई तथा जिल्ला सल्लाहाकार रमेशमान गुरुङ, कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाका अध्यक्ष जोहरमान मियाँ, तमु विद्यार्थी अध्यक्ष युवराज गुरुङ, तमु कोल्मे अध्यक्ष भोविनजंग तमु लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव हस्तबहादुर गुरुङले गरेका थिए । यसै बिच अधिवेशनले खुमबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भुमि गुरुङ, सचिवमा युवराज गुरुङ, कोषाध्यक्षमा खिमबहादुर गुरुङ र सदस्यहरुमा मनकुमारी गुरुङ, अमरसिंह गुरुङ,रामबहादुर गुरुङ, राधा गुरुङ र निमा घले रहेका छन् । भने सल्लाहकारमा टुकबहादुर गुरुङ, रमेशमान गुरुङ, नरबहादुर गुरुङ र मनी गुरुङ रहेका छन् ।
Views: 0